बिहेमा एउटा पास लिएर दुई वटा गाडी लैजाँदा प्रहरीले रोक्यो

  प्रकाशित मिति
१८ असार २०७७, बिहीबार १०:४२


मेचीनगर । सिराहबाट दुलही लिन झापा आएको माइक्रो बसलाई इलाका प्रहरी कार्यालय झिलझिलेले सवारी पास नभएको भन्दै रोकीदिएपछि बुधबार बिच बाटोमै बेहुला र १८ जना जन्ती अलपत्र परे ।

भद्रपुर–५ बसपार्ककी मनिका यादवलाई लिन दुलहा बनेर भद्रपुर आउदै गरेका सिराहा–१५ का रोहित यादवलाई प्रहरीले साँझ ५ बजेदेखि राजमार्गमा रोकेर पौने १० बजे छोडेको हो ।

जवकी उनीहरुको विवाहको साइत राती सवा ९ बजेको थियो । प्रहरीले पटक्कै व्यवहारिकता नबुझेको उनीहरुले गुनासो गरे । ‘आखिर छाड्नै रहेछ । पाँच घन्टा सडकमा प्रहरीले दुलहालाई किन अलपत्र पारेर छाड्यो ? उनीहरुले स्थानीय सञ्चारकर्मीसँग यही प्रश्न राखे ।

जन्तीका अनुसार सवारी पास बिना जान पाइन्न भन्दै प्रहरीले घर फर्कन भनेको थियो । सिराहाबाट भद्रपुर पुगेर बेहुली लिन झिलझिलेसम्म आइपुगेको जन्तीलाई प्रहरीले घर फर्कन दिएको दवाब सवारी चेकिङमा परेका अन्य कसैलाई पनि चित्त बुझेको थिएन । केहि प्रत्यक्षदर्शी भन्दै थिए, ‘यस्तो व्यवहार गर्ने विवेकहिन ईन्सपेक्टर देखेकै थिएनौं ।’

इलाका प्रहरी कार्यलय झिलझिलेका प्रहरी निरीक्षक कोमल ठाकुर नेतृत्वको प्रहरी टोलीले राजमार्गमा दुलहा सवार ना १ ज ८८८५ नम्बरको माईक्रो रोकेको थियो ।

बेहुला यादव

जन्तीले जरिवाना तिरेर जान गरेको आग्रहलाई प्रहरी निरीक्षक ठाकुरले इन्कार गरे । जन्तीका अनुसार उनले यतिमात्र भनिरहे, ‘सवारी पास नभएको गाडी फर्काएर घरै जानुहोस । लकडाउनमा विवाह गर्न पाईदैन ।’

बुधबार राती पौने १० बजे सम्म बेहुला सडकमा अलपत्र नै थिए । प्रहरी निरीक्षक ठाकुरले आफ्नै समकक्षीले भनेको समेत टेरेनन् । बेहुला सहितका जन्तीले पटक पटक अनुरोध गर्दा पनि प्रहरी निरीक्षक ठाकुरले कुनै हालतमा नछाड्ने बताएर आफु लाई मानसिक तनाब दिएको बेहुला प्रदिपकुमार यादवले बताए ।

सिराहा बजारबाट दिउसो १२ बजे बेहुली लिन उक्त माईक्रो जन्ती लिएर भद्रपुरतर्फ आउदै थियो । झापाको झिलझिलेमा आईपुगे पछि सवारी चेकजाँच गर्ने क्रममा प्रहरीले उक्त माईक्रोलाई नियन्त्रणमा लिएको थियो ।

जन्तीमा सिराहाका एक स्थानीय पत्रकार पनि थिए । उनले पटक–पटक अनुरोध गर्दापनि प्रहरी निरीक्षक ठाकुरले कुरा सुन्न नमानेको गुनासो गरे ।

‘मैले पटक–पटक अनुरोध गरे एकरती सुन्न मान्नुभएन । प्रहरीले परिस्थिती नबुझ्दा हामीले ५ घन्टा सडकमा दुःख र मानसिक पीडा भोग्नु पर्यो,’ उनले भने ।

जन्तीले १ नम्बर प्रदेश प्रहरी प्रमुखलाई समेत प्रहरीले दुख दिएको गुनासो गरे । त्यसपछि राती १० बजे मात्र बेहुला सवार माईक्रो प्रहरीले छोडेको थियो । बेहुलीका दाजु रोहित यादवले भने, प्रहरीले दुःख दिएको कुरा सुन्दा कतैबाट पनि चिक्त बुझ्दैन ।

उनले भने, ५ जिल्ला पार गरेर आउँदा सवारी पास नचाहिने झापाको झिलझिलेमा चै सवारी पास भन्दै रोकिदिने ? उनीहरुले भने, ‘यो प्रहरीको दुःख दिने नियत हो ।’

(श्रोतः विनोद सापकोटा)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: