बीएन्डसीका प्रिन्सिपल शर्मालाई प्रबल जनसेवाश्री पदक

  प्रकाशित मिति
३ आश्विन २०७८, आईतवार १०:४५


झापा, ३ असोज । प्रस्तावित बीएन्डसी मेडिकल कलेजका प्रिन्सिपल प्राडा उमेश शर्मा प्रबल जनसेवाश्री पदकबाट विभूषित भएका छन् ।

राष्ट्रपतिले आज संविधान दिवसको अवसर पारेर उक्त पदक घोषणा गरेकी हुन् ।

आगामी वैशाख १ गते राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई उक्त सम्मान प्रदान गर्नेछिन् ।

स्वास्थ्य क्षेत्रमा अतुलनीय योगदान पुर्याए वापत उनलाई यो सम्मान दिइएको हो ।

रेडियोलोजी क्षेत्रमा नेपालकै औंलामा गन्न सकिने अब्बल चिकित्सक शर्मा बीएन्डसी मेडिकल कलेजमा सुरुदेखि नै कार्यरत छन् ।

नेपालभरिमा १०५ जना चिकित्सक तथा स्वास्थ्यकर्मीले पदक पाएका छन् । जसमध्ये झापाका उनी मात्र हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: