बीएन्डसीको मेडिकल डाइरेक्टर डा. रोहित

  प्रकाशित मिति
२१ फाल्गुन २०७४, सोमबार १५:०१



विर्तामोड । बीएन्डसी टिचिङ हस्पिटलले मेडिकल डाइरेक्टर पदमा सर्जन डा. रोहित यादवलाई नियुक्ति गरेको छ ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट चिकित्सा शिक्षा प्राप्त गरेका रौतहट निवासी डा. यादव चिकित्सा जगतमा निकै लोकप्रिय छन् ।

वीएन्डसी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाइँले डा. रोहितलाई हस्पिटलको नेतृत्व गर्ने गहन जिम्मेवारी सुम्पिएको बताएका छन् ।

सयको हाराहारीमा बीएन्डसी हस्पिटलमा डाक्टरहरु रहेका छन् भने डाक्टरसहित ७ सय जति कर्मचारी त्यहाँ कार्यरत छन् । डा. रोहितले डाक्टर र नर्सहरुको अब नेतृत्व गर्ने छन् ।
साधन, स्रोत र जनशक्तिका हिसावले नेपालकै ठूलो र उत्कृष्ट मानिएको बीएन्डसी हस्पिटलको सेवामा अझै सुधार गरी गुणस्तर र जनविश्वास बढाउने कार्यमा आफ्नो मुख्य प्राथमिकता रहने नवनियुक्त मेडिकल डाइरेक्टर डा. रोहितले बताएका छन् । डा. रोहित धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र भद्रपुरस्थित ओमसाई पाथिभरा हस्पिटलमा लामो समय सेवा गरेर वीएन्डसीमा दुई वर्ष अघि आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: