बीएन्डसीमा आजदेखि स्वास्थ्य महोत्सव

  प्रकाशित मिति
२ मंसिर २०७४, शनिबार ०९:५६


 

 

 

 

विर्तामोड । वीएन्डसी टिचिङ हस्पिटलले आयोजना गर्ने पूर्वाञ्चल स्वास्थ्य महोत्सवको आज हुने उद्घाटनमा एकैचोटी दुई जना पूर्व प्रधानमन्त्री आउँदै छन् ।

पूर्व प्रधानमन्त्रीद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड सो कार्यक्रममा आउने भएका हुन् ।
शनिवार (आज) विहान ११ बजे वीएन्डसी हस्पिटल प्राङ्गणको पूर्वपट्टि बनाइएको आकर्षक मञ्चमा महोत्सवको उद्घाटन कार्यक्रम गरिने र त्यस अवसरमा दुबै पूर्व प्रधानमन्त्रीले पालैपालो शुभकामना मन्तब्य राख्ने हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाइँले जानकारी दिए ।

उद्घाटन अवसरमा आउने दुबै पूर्व प्रधानमन्त्रीको वीएन्डसी हस्पिटलमा स्वास्थ्य परीक्षण गरिने भएको छ ।

कार्यकारी निर्देशक प्रसाइँका अनुसार हस्पिटलका प्रिन्सिपल एवम् रेडियोलोजिस्ट डा. उमेशकुमार शर्मा, वरिष्ठ सर्जन डा. रोहितकुमार यादव, वरिष्ठ फिजिसियन डा. लक्ष्मण ठाकुर र वरिष्ठ अर्थोपेडिक्स डा. निराजन पराजुलीले पूर्व प्रधानमन्त्रीद्वयको ‘होलबडी चेकअप’ गर्ने कार्यक्रम रहेको छ ।

उद्घाटन भाषणको कार्यक्रम प्राङ्गणको पूर्वी भागमा गरिने र पूर्व प्रधानमन्त्रीद्वयको स्वास्थ्य परीक्षण हस्पिटलको भित्री भागमा नै गरिने आयोजकले जनाएका छन् ।

हस्पिटलले शुक्रवार पत्रकार सम्मेलन गरी महोत्सवको तयारी पूरा भइसकेको र आम जनतालाई महोत्सवमार्फत सर्वसुलभ उपचार सेवा पुर्याउन वीएन्डसी हस्पिटलको टिम तयार रहेको जनाएको छ ।
महोत्सवमा स्वास्थ्य जाँच गर्नका लागि दिल्लीको प्रसिद्ध मेदान्त हस्पिटलबाट समेत विशेषज्ञ डाक्टरहरु आउने जनाउँदै हस्पिटलले ओपीडी सेवा निःशुल्क हुने, रेडियोलोजीमा १५ प्रतिशत छुट, शल्यक्रिया र ल्यावमा २० प्रतिशत छुट र औषधिमा १० प्रतिशत छुट हुने बताइएको छ ।

दुई जना पूर्व प्रधानमन्त्री एकैचोटी आउने कार्यक्रम भएकाले हस्पिटलमा सुरक्षाको कडा व्यवस्था मिलाइएको छ भने स्वागतको तयारी निकै आकर्षक तुल्याइएको छ ।

ताप्लेजुङदेखि भद्रपुरसम्म र काँकरभिट्टादेखि इटहरीसम्मको सडकमा ४ सय स्वागतद्वार बनाइएको छ भने हरेक स्वागत द्वारमा केपी ओली र प्रचण्डको तस्वीर सजाइएको छ ।

पत्रकारहरुको जिज्ञासामा हस्पिटलका कार्यकारी निर्देशक प्रसाइँले महोतसव आयोजनाका लागि निर्वाचन आयोगको केन्द्रीय कार्यालयबाट पूर्व स्वीकृति लिइएको बताएका छन् । महोत्सवमा २ करोड खर्च हुने हस्पिटल सेतले जनाएको छ ।
…………………

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: