बीएन्डसीमा क्यान्सरको दुर्लभ अपरेशन

  प्रकाशित मिति
६ असार २०७४, मंगलवार ०८:१४


bnc 3
मनमाया श्रेष्ठ

विर्तामोड । मेची अञ्चलमै सुविधा र प्रविधिका दृष्टिले सबैभन्दा सम्पन्न बीएन्डसी हस्पिटलमा एक क्यान्सर रोगीको दुर्लभ र उदाहरणीय उपचार सफल भएको छ ।
कनकाई–३ सुरुङ्गा निवासी ३८ वर्षीया मनमाया श्रेष्ठको पित्त थैली, प्याङ्क्रियाज र आन्द्रा जोडिएको ठाउँमा पेटभित्र भएको प्राणघातक क्यान्सरको सफल अपरेसन भएको हो ।

भारतमा भारु १५ लाख र नेपालका अन्य अस्पतालमा पनि नेरु १५ लाखमा मात्र सम्भव हुने सो उपचार वीएन्डसीमा २ लाख रुपैयाँमै गरिएको अपरेशनको नेतृत्व गरेका वरिष्ठ सर्जन डा. रोहित यादवले जानकारी दिए ।

डा. यादवले पूर्वमै पहिलोपटक गरिएको यो अपरेशन विश्वमै दुर्लभ र साहसिक मानिने जनाउँदै सोमवार पत्रकार सम्मेलनमा भने–‘अलिकति पनि मिस्टेक भएमा अपरेशन गर्दागर्दै विरामीको मृत्यु हुन पनि सक्थ्यो ।’

सो अपरेसन जेठ २८ गते गरिएको र त्यसका लागि पुरै आठ घण्टा लागेको डा. यादव बताउँछन् । उनले यो अपरेशनलाई चिकित्सा क्षेत्रमा ठूलो सफलता मानिने बताए ।

bnc 4अपरेशन कार्यमा विशेषज्ञ सर्जन डा. रोहित यादव, डा. बासुदेव बाँस्कोटा, डा. रविनरत्न रञ्जितकार र एनेस्थेसियोलोजिस्ट प्राडा सङ्गीता भट्टचार्य, डा. राजु श्रेष्ठ, डा. निरु नेपाल, डा. सुमोल थापा लगायत संलग्न थिए ।

हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले अन्यत्र १५ लाख लाग्ने उपचार २ लाख रुपैयाँमै गरिनुले वीएन्डसीको उपचार महङ्गो हुन्छ भनेर कतिपयले फैल्याउँदै आएको भ्रम स्वतः गलत सिद्ध भएको बताए ।

मेची अञ्चलबासीको हित र सुविधाका लागि वीएन्डसी हस्पिटलको स्थापना भएको हुँदा यसले मनमाया श्रेष्ठ जस्ता थुपै्र विरामीलाई सहुलियतमा सर्वसुलभ उपचार गरिरहेको उनले बताए ।

हस्पिटल स्रोतका अनुसार मनमाया सुरुमा पेट दुख्ने समस्या लिएर आएकी थिइन् । ग्यास्ट्रिकको शङ्का लागेर आएकी उनलाई सीटी स्क्यान र एमआरआई गरेर हेर्दा पेटभित्र क्यान्सर फैलिसकेको पत्ता लागेको थियो ।

सामान्य परिवारकी मनमायाका पति र दुई छोरा बैदेशिक रोजगारीका लागि कतार गएको र यता घरमा उपचारका लागि रकम अभाव भएको थाहा भए पछि हस्पिटलले नै अपरेशनमा लाग्ने एन्टीवायोटिक, अपरेसनमा लाग्ने सामग्री, औषधि र अपरेसन चार्ज अति नै न्यून (२ लाख रुपैयाँ) मूल्यमा गरिदिएको कार्यकारी निर्देशक प्रसाइँ बताउँछन् ।

bncयदि मनमायाको उपचार खर्चको अभावमा अपरेशन गर्न केही ढिला भएको भए उनको शरीरका अन्य भागमा पनि क्यान्सर फैलिने र ज्यान लिन सक्ने खतरा रहेको डा. यादव बताउँछन् । यही जोखिमपूर्ण अवस्था देखेर हस्पिटल प्रशासन र त्यहाँका डाक्टरहरुले अति न्यून मूल्यमा अपरेसन गर्ने निर्णय गरेको बताइएको छ ।
हाल मनमाया हिँडडुल गर्न र बाथरुम जान आफै सक्ने भइसकेकी छन् । उनी अब पूर्ण रुपमा क्यान्सरमुक्त भएको हस्पिटलले जनाएको छ ।

वीएन्डसी हस्पिटलले अत्याधुनिक प्रविधियुक्त उपकरण ल्याएको कारण क्यान्सर जस्ता जटिल रोगको अपरेसन अब यही सम्भव भएको हस्पिटलको भनाई छ ।
किड्नीको क्यान्सर, पेटको क्यान्सर र बे्रस्टको क्यान्सरका थुप्रै रोगीहरुको सफल उपचार गर्न सफलता पाइसकेको वीएन्डसी हस्पिटलले जनाएको छ । हाल यस हस्पिटलमा ७१ जना विशेषज्ञ डाक्टर चौवीसै घण्टा कार्यरत छन् ।
(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: