बीएन्डसी महंगो छैन

  प्रकाशित मिति
२ असार २०७४, शुक्रबार ११:३१


विर्तामोड । शिक्षण अस्पताल सञ्चालनको तयारीमा रहेको वीएन्डसी हस्पिटलले सबैखाले जटिल रोगको सर्वसुलभ उपचार यहीँ उपलब्ध भएकाले भारत तथा झापा बाहिर धाएर महङ्गो भारमा नपर्न सर्वसाधारणसँग आग्रह गरेको छ ।

हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाइँले विहीवार पत्रकार सम्मेलन गरी त्यस्तो आग्रह गरेका हुन् । वीएन्डसी हस्पिटलमा भारतको कुनै पनि प्रसिद्ध हस्पिटल र काठमाडौँको हस्पिटलको तुलनामा उपचार सेवामा कुनै कमी नभएको उल्लेख गर्दै कार्यकारी निर्देशक प्रसाइँले अझै पनि कतिपयले स्वार्थवश व्यक्तिगत तथा संस्थागत रुपमा विरामीहरुलाई भारतको सिलगढी, विराटनगर र धरानतिर रेफर गरिदिनाले मेची अञ्चलवासीले उपचारका लागि अनाहकमा धेरै समय र धन खर्च गर्नु परिरहेको र आफ्नै आँगनमा रहेको सुविधासम्पन्न वीएन्डसी हस्पिटलको फाइदा लिन नसकिरहेको दावी गरे ।

वीएन्डसीमा एमआरआई लगायतका अन्यत्र कतै नभएका अत्याधुनिक स्वास्थ्य उपकरण भए पनि गलत परामर्शका कारण कैयन मेची अञ्चलबासीले अझै भारतको सिलगढी र विराटनगर धाएर दुःख कस्ट व्यहोर्नु परिरहेको भन्दै उनले चिन्ता समेत प्रकट गरेका छन् ।
वीएन्डसीको उपचार सस्तो र स्तरीय भएको कुरा तथ्य अन्यत्रको उपचार दररेट हेर्दा प्रस्ट थाहा हुने भए पनि केही स्थानीय हस्पिटल र क्लिनिकहरुले सिलगढीका महङ्गा नर्सिङ होमतिर नै विरामी पठाइदिने कार्य गरेको उनले आरोप लगाएका छन् ।

उनले कुनै हस्पिटलको नाम नलिइकन स्थानीय हस्पिटलहरुले उनीहरुकहाँ आएका विरामीको उपचार गर्न नसकेपछि वीएन्डसीमा रेफर नगरी सिलगढी र विराटनगर जान सीधै गलत सल्लाह दिने गरेको भन्दै गुनासो गरेका छन् ।

‘स्वस्थ प्रतिष्पर्धा र स्थानीय सहकार्यको बारम्बार प्रस्ताव गर्दा समेत त्यस्तो वातावरण तयार हुन सकेन’, निर्देशक प्रसाइँले पत्रकारहरुसँग भने–‘विरामीको स्वास्थ्यमा गम्भीर अवस्था नआउँदासम्म उपचार गर्ने र गम्भीर अवस्था पश्चात विदेशी तथा अन्य अस्पतालमा रेफर गर्ने तुच्छ प्रवृत्ति देखा परेकोमा आम नागरिकले सचेत हुनु पर्दछ ।’

मेची अञ्चलबासीलाई सर्वसुलभ उपचार सेवा प्रदान गर्नका लागि नै वीएन्डसी हस्पिटलको स्थापना गरिएको जनाउँदै उनले कमिसनको लोभमा लाग्ने प्रवृत्ति भएकाहरुबाट नै वीएन्डसी हस्पिटल महङ्गो भयो भनी भ्रम फैल्याइएको दावी गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: