बीस ज्येष्ठ नागरिक सम्मानित

  प्रकाशित मिति
१ जेष्ठ २०७३, शनिबार १४:०२


 

ज्यामिरगढी । ज्यामिरगढीका २० जना वृद्धवृद्धालाई शनिवार ज्यामिरगढी गाविसमा सम्मान गरिएको छ । ज्यामिरगढी गाविसको आर्थिक सहयोग तथा जेष्ठ नागरिक गाउँ कमिटी ज्यामिरगढीको आयोजनामा भएको सम्मान कार्यव्रmममा ज्यामिरगढी क्षेत्रका ७० देखि १०५ बर्ष उमेर समूहकालाई नगदसहित सम्मान गरिएको हो ।

जेष्ठ नागरिक मञ्च जिल्ला समिति झापाका कृष्णप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतमा भएको कार्यव्रmममा स्थानीय स्व जगु राजवंशीका ९ जना छोराबुहारीलाई असल छोराबुहारीका रुपमा समेत सम्मान गरिएको थियो ।

कार्यव्रmममा गाविस सचिव रुद्र तिम्सिना, मानसिंह राजवंशी, समीक्षा निरौला, पदमलाल गौतम, युद्धराज ओली, नरप्रसाद लामिछाने, चन्द्र प्रसाई, लेखनाथ धिताल, इन्द्रबहादुर थापा लगायतले बोलेका थिए । हरिप्रसाद ओलीको सभापतित्वमा भएको कार्यव्रmमको सञ्चालन गणेश कटुवालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: