बुट्टाबारीमा अटोल्याण्ड बन्दै

  प्रकाशित मिति
२५ बैशाख २०७३, शनिबार ०६:२१


विर्तामोड । विर्तामोड क्षेत्रको मोटर ग्यारेजलाई व्यवस्थित गर्ने योजना अघि सारिएको छ । बढ्दो सहरीकरणका कारण ग्यारेज अव्यवस्थित बनेपछि अन्यत्र सार्न लागिएको हो ।

विर्तामोड–५ बुट्टाबारीमा जमिन खरिद गरेर ग्यारेज बनाउने काम सुरु भइसकेको छ । मेची अटो मेकानिक व्यवसायी सङ्घले १० बिघा जग्गा लिएर भौतिक संरचना बनाउने काम थालेको सङ्घका अध्यक्ष गणेश पौडेलले बताए । उनका अनुसार अहिले घर तथा टहरा निर्माणको काम धमाधम भइरहेको छ ।

संस्थाले २० करोड रुपैयाँमा जग्गा खरिद गरी २०७२ माघदेखि काम सुरु गरेको हो । ‘संस्था जमानी बसेर जग्गा खरिद गरेका हौँ’, पौडेलले भने–‘व्यवसायीलाई व्यक्तिगत रुपमा जग्गा बिव्रmी गरेर भौतिक संरचना निर्माण गर्ने काम भइरहेको छ ।’ साना ग्यारेज व्यवसायीको हकमा बैङ्किङ प्रणालीमार्फत जग्गा किनबेचको प्रव्रिmया मिलाइएको उनले बताए ।

पौडेलका अनुसार ०७३ को अन्त्यतिर ग्यारेज व्यवस्थित रुपमा सञ्चालनमा आउनेछ । ग्यारेज सञ्चालनमा आएपछि साना तथा ठूला गाडी सम्बन्धी सबै काम एकै ठाउँमा हुनेछ । ‘अहिले एउटै ग्यारेजबाट मोटर सम्बन्धी सबैखाले काम हुन सकेको छैन’, पाडेलले भने, ‘यो समस्यालाई बुझेर हामीले व्यवस्थित ग्यारेजको अवधारणा ल्याएर काम थालेका हौँ ।’

ग्यारेज बनिँदै गरेको सो क्षेत्रमा दुई सय घर तथा टहरा निर्माण गरिनेछ । जसमा चारसय अटो व्यवसायीले एकसाथ गाडी सम्बन्धी काम गर्नेछन् । सबैखाले गाडीको पाट्र्स बिव्रmी केन्द्र पनि रहने भएकाले अन्यत्र जानुपर्ने झन्झटबाट व्यवसायी मुक्त हुने पौडेलले बताए ।
ग्यारेज निर्माणको काम तीव्र गतिमा भइरहे पनि विभिन्न समस्या देखापरेको संस्थाले जनाएको छ । ‘विद्धुत र ढलको समस्या छ’, उनले भने, ‘समस्या समाधानका लागि संस्थाले राज्यपक्षसँग पहल गरिरहेको छ ।’ संस्थाले ४० लाख रुपैयाँ खर्च गरेर ट्रान्समिटर जोडेको छ । अझै ६ वटा ट्रान्समिटर आवश्यक पर्ने भएपनि प्राधिकरणबाट दिन नसक्ने जवाफ आएकाले समस्या भएको उनले सुनाए । ‘ग्यारेज निर्माणमा राज्यले चासो दिएको छैन, राज्यले गर्न नसकेको काम हामीले गरेका छौँ’, उनले भने । यद्यपि संस्थाले आफ्नै पहलमा काम अघि बढाएको छ । अटोल्याण्ड बनाउने योजनामा सहयोग गर्न राज्यपक्षसँग अनुरोध गरिएको पौडेलले बताए ।

०७१ कात्तिकमा जिल्ला प्रशासन कार्यालय झापामा दर्ता भएको सो संस्थामा २ सय ५० जना अटो व्यवसायी आवद्ध छन् । झापामा करिब १ हजार ५ सय अटो व्यवसायी छन् । विर्तामोडमा मात्र साना तथा ठूला गरी ४ सय व्यवसायी रहेको पौडेलले जानकारी दिए । त्यति नै सङ्ख्यामा ग्यारेज सञ्चालनमा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: