झापा, ४ कार्तिक । बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेश भुजेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
आज उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । उनी केही दिनदेखि होम आइसोलेसनमा छन् ।
हाल विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचाररत अध्यक्ष भुजेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।