बुद्धशान्तिको पानीघट्टामा डिप बोरिङको शिलान्यास

  प्रकाशित मिति
२५ पुष २०७६, शुक्रबार ११:०२


शान्तिनगर । झापा बुद्धशान्ति –४ मा रहेको पानीघट्टामा डिप् बोरिङ्गको शिलान्यास गरिएको छ । प्रदेश सरकारको भुमिगत जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यलयको आर्थिक सहयोगमा बुद्धशान्ति–४ को पानीघट्टामा डिप बोरिङ खन्ने कार्यको शिलान्यास गरिएको हो ।

डिप बोरिङको शिलान्यास जनताको समस्यालाई सुनुवाई गर्दै पहल गर्ने झापा क्षेत्र नम्बर १ का सांसद गोपाल चन्द्र बुढाथाकी गरेका थिए । कार्यक्रममा बुद्धशान्ति गाँउपालिका उपाध्यक्ष मिरा भुर्तेल, माथील्लो पानी घट्टा किसान जल उपभोक्ता समितिका अध्यक्ष चन्द्र प्रसाद पौड्याल, सचिव याम प्रसाद कट्टेल, कोषाध्यक्ष धान्य प्रसाद खतिवडा, जग्गादाता रुद्र बहादुर आलेमगर, वडाध्यक्ष बुद्धिमान लिम्बु, वडासदस्य दुर्गा पाख्रेल ढङ्गेल, नेकपा वडा इन्चार्ज गोपीकृष्ण दाहाल, सहइन्चार्ज रुद्र भण्डारी, श्यामविर लिम्बु, प्रकाश भण्डारी लगायत स्थानीय किसानहरुको उपस्तिथिमा गरिएको थियो ।

डिप बोरिङ शिलान्यास गर्दै कार्यक्रमका प्रमूख अतिथि सांसद बुढाथोकीले डिप बोरिङको काम सफलतापुर्वक सम्पन्नको कामना गर्दै त्याँहाका किसानले अत्यधिक रुपमा पानीबाट भुमि सिञ्चित गरि कृषि उत्पादनमा जोड दिन आग्रह गरे ।

उनले तिनैवटा सरकारले कृषिमा विशेष जोड दिएको बताँउदै उत्पादनशील कृषिक्षेत्रमा लगानी गर्न आतुर रहेको पनि बताए । गाँउपालिका उपाध्यक्ष भुर्तेलले यस्ता कार्यक्रमबाट किसानले बढीभन्दा बढी फाइदा लिन सक्नु पर्ने बताइन् । उनले त्यहाँका जमिनमा धानमात्रै नभई बेमौसमी अग्र्यानिक तरकारी लगायतमा जोड दिई प्रदेशमै खेतीको क्षेत्रमा पूर्वर्कै पर्यटकिय स्थल बन्न सक्ने बताए । वडाध्यक्ष बुद्धिमान लिम्बुले वडाले कृषि क्षेत्रमा लगान बढाउन विभिन्न योजना अघि सारेको बताँउदै युवाहरुलाई कृषिमा आकर्षित हुन आग्रह गरे ।

उक्त ठाँउका ४५ घरपरिवारका करिब ६० विगाह जमिनमा सिँचाईका लागि र कृषिजन्य बालीको उत्पादनमा वृद्धि ल्याउन डिप बोरिङ गरिएको समितिका अध्यक्ष पौड्यालले बताए । उनका अनुसार डिप बोरिङले स्थानीय ४५ घरपरिवार र आसपासका क्षेत्रहरुमा पानीको समस्याको समाधान हुने जानकारी दिए ।

भुमिगत जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यलय विराटनगरको १९ लाख ४७ हजार ९ सय ६१ रुपैँया, माथील्लो पानी घट्टा किसान जल उपभोक्ता समितिको ३ प्रतिशत श्रमदान र एवम् आर्थीक ४९ हजार ५ सय ९५ रुपैँया सहयोगमा उक्त डिप बोरिङको काम शु्रु गरिएको श्याम कट्टेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: