बुद्धशान्तिको होल्डिङ प्वाइन्टका ५ जनामा कोरोना

  प्रकाशित मिति
२० जेष्ठ २०७७, मंगलवार २०:१५


झापा । झापामा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मङ्गलबार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा झापाको बुद्धशान्ति गाउँपालिकाले निर्माण गरेको होल्डिङ प्वाइन्टमा रहेका पाँच जनामा कोरोना पोजेटिभ देखिएको हो ।

उनीहरु भारतबाट स्वदेश फर्किएकाहरु हुन् । संक्रमितमध्ये पाँचथरका १, ताप्लेजुङका तीन र झापाका १ जना रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भोलानाथ अधिकारीले जानकारी दिए ।

योसँगै झापामा संक्रमितको संख्या ११४ पुगेको छ ।

जेठ १३ गते गाउँपालिकाको होल्डिङ एरियामा आएकाहरुको १४ गते नमुना संकलन गरी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । तर नमुना पठाएको ६ दिनपछि मङ्गलबार कोरोना परीक्षणको नतिजा आएको हो ।

रिपोर्ट पोजेटिभ आएपछि पाँच जनालाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको अधिकारीले जानकारी दिए ।

झापामा पाँच जनामा संक्रमण पुष्टि भएसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १७२ पुगेको प्रदेश सरकारले जनाएको छ ।

संक्रमितमध्ये ४८ जना डिस्चार्ज भएका छन् ।

पाँच जना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार १ सय ४ पुगेको छ । (अनलाइन खवर)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: