शान्तिनगर । बुद्धशान्ति गाउँपालिका वडा नम्बर–४ को वडा अध्यक्षमा शेरबहादुर रायाले स्वतन्त्र उम्मेद्वारी प्रस्तुत गरेका छन् ।
नेपाली काङ्ग्रेस साविक शान्तिनगरका पूर्व सभापति समेत रहेका राया वडा अध्यक्षको प्रमुख दावेदार पनि थिए । तर, वडा अध्यक्षमा शिक्षासेवी चेतन ढुङ्गेलले टिकट पाएपछि रायाले सोमवार स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका हुन् ।
राजनीतिसँगै विभिन्न सङ्घसंस्थाको नेतृत्व गर्दै आएका राया अनुभवी र विकासप्रेमी छवि बनाएका व्यक्ति हुन् । स्वतन्त्र सदस्यमा रामकुमार साँवाले पनि उम्मेद्वारी प्रस्तुत गरेका छन् ।
सोही कार्यक्रममार्फत भूपेन्द्र थेवेको संयोजकत्वमा पाँच सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको छ । अजय खड्काको संयोजकत्वमा निर्वाचन परिचालन समिति, प्रचारप्रसार समितिको संयोजकमा भक्तबहादुर विक छन् । समितिले मङ्गलवारदेखि आ–आफ्नो जिम्मेवारी अनुरुप काम गर्ने बताइएको छ ।