बुधवारे । बुद्धशान्ति गाउँपालिकामा नवनिर्वाचित पदाधिकारीहरुले सोमवार एक समारोहविच शपथग्रहण गरेका छन् ।
निर्वाचन अधिकृत उद्धव विस्टले नवनिर्वाचित प्रमुख रमेश भुजेल, उपप्रमुख मीरा भूर्तेल र सातै वडाका वडाध्यक्षहरुलाई पदको शपथ गराएका थिए ।
यसैगरी, प्रमुख रमेश भुजेलले सातै वडाका नवनिर्वाचित गाउँ वडा सदस्यहरुलाई शपथग्रहण गराएका थिए ।
समाजसेवी दिनानाथ ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख, उपप्रमुख र राजनीतिक दलका प्रतिनिधिहरुले मन्तब्य व्यक्त गरेका थिए ।
नेपाली काङ्ग्रेसबाट चक्र शेर्मा र लय भण्डारी, नेकपा एमालेबाट गाउँ अध्यक्ष इन्द्र अधिकारी, नेकपा माओबादी केन्द्रबाट बोधराज दाहाल, राप्रपाबाट नारायण नेउपाने र लिम्बुवानबाट नगेन राईले मन्तब्य व्यक्त गर्दै नवनिर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई शुभकामना दिएका थिए ।
गाउँपालिकाका अधिकृत मनोज राउतले सञ्चालन गरेको सो कार्यक्रम रेडक्रस भवनमा भएको थियो ।