बुद्धशान्तिमा पहिरो : पाहुना आएका भाञ्जाको मृत्यु

  प्रकाशित मिति
७ श्रावण २०७७, बुधबार ०८:५६


बुधवारे, ७ साउन । बुद्धशान्ति गाउँपालिकामा मङ्गलवार राति पहिरोले मामाघर गएका मेचीनगरका १५ वर्षीय विवेक दर्नालको मृत्यु भएको छ ।

बुद्धशान्ति–७ मोदीडाँडामा राति साढे १० बजेतिर पहिरोले तेजकुमार बरायलीको घर पहिरोले पुरेको थियो ।

मामाघर आएका विवेकको पहिरोले पुरेर मृत्यु भएको हो । घटनामा बरायली परिवारका तीन जना घाइते भएका छन् ।

मृतक विवेक मेचीनगर–९ मागुरमाडी निवासी हुन् । उनी एक साता अघि मामाघर गएका थिए ।

पहिरो खसेका बेला घरमा ७ जना थिए । छेउछाउका अरु केही घर समेत पहिरोको जोखिमा छन् । सो स्थान चुरेको पहाडी क्षेत्र हो ।

मृतकको शव पोस्टमार्टमका लागि मेची अञ्चल अस्पताल पुर्याइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: