बुद्धशान्ति क्वारेन्टाइनका संक्रमित व्यक्ति बिर्तामोड निवासी

  प्रकाशित मिति
२१ जेष्ठ २०७७, बुधबार १९:४०


मेचीनगर । बुद्धशान्ति गाउँपालिकाको क्वारेन्टाइनका कोरोना भाइरस संक्रमित व्यक्ति बिर्तामोड नगरपालिका–२ का एक पुरुष रहेको पुष्टि भएको छ ।

उनी भारतबाट आएका व्यक्ति हुन् । उनलाई बुद्धशान्ति गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको थियो ।

बुद्धशान्ति गाउँपालिकाको टोलीलाई ढाँटेर उनले आफु बुद्धशान्ति–४ को नागरिक भएको बताएका थिए ।

सोहि विवरण अनुसार उनलाई बुद्धशान्ति लगिएको थियो । नाम र ठेगाना नै ढाँटेपछि उनलाई बुद्धशान्तिकै नागरिक भनिएको थियो ।

तर, क्वारेन्टाइन व्यवस्थापनमा खटिएका जनप्रतिनिधिलाई उनले आफु बिर्तामोड–२ निवासी रहेको जानकारी गराएका थिए ।

बुद्धशान्तिका संक्रमित भनिएका व्यक्ति बिर्तामोडका हुन् । उनको उपचारका लागि वीपी कोइराला विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: