बुद्धिचाललाई शिक्षासेवीले दिइन् १ लाख ३० हजार

  प्रकाशित मिति
११ जेष्ठ २०७५, शुक्रबार ११:१७


काँकरभिट्टा । नाइट चेस क्लवले एक दशकपछि काँकरभिट्टामा आयोजना गर्न लागेको राष्ट्रिय स्तरको बुद्धिचाल प्रतियोगितालाई सहयोग पुर्याउन पशुपति अङ्ग्रेजी माध्यमिक विद्यालयकी संस्थापक प्रिन्सिपल अनिता थापाले एक लाख ३० हजार रुपैयाँ प्रदान गरेकी छन् ।

http://online.fliphtml5.com/igtgq/iypv/
प्रतियोगिता सम्बन्धी जानकारी दिन विहीवार होटल ग्रेसमा भएको पत्रकार सम्मेलनमै प्रिन्सिपल थापाले मुख्य प्रायोजकको रुपमा एक लाख ३० हजार रुपैयाँको चेक आयोजकलाई हस्तान्रण गरिन् ।

‘प्रतियोगिता सन्तोषजनक रुपमा भयो भने म आउँदा वर्षहरुमा समेत प्रायोजकको रुपमा सहयोग जारी राख्ने विश्वास दिलाउँछु’–चेक हस्तान्तरण पछि बोल्दै प्रिन्सिपल थापाले भनिन् ।

मुलुकमै कहलिएको नाइट चेस क्लले एक दशकपछि राष्ट्रिय स्तरको बुद्धिचाल प्रतियोगिता काँकरभिट्टामा आयोजना गर्न लागेको छ ।

विगतमा आर्थिक स्रोतको अभावमा नाइट चेस क्लव प्रतियोगिताको नेतृत्व लिन हच्किदै आएको थियो ।
‘हामीलाई अनिता म्यामले ठूलो गुन लगाउनु भएको छ’, पत्रकार सम्मेलनमै क्लवका पूर्व अध्यक्ष शेरबहादुर बस्नेत (सुन्दर)ले भने–‘अब हाम्रो हौसला र जाँगर बढेको छ ।’

क्लवले प्रतियोगितालाई ‘पीवी थापा स्मृति केसीसी राष्ट्रिय खुल्ला रेटिङ बुद्धिचाल’ नामाकरण गरेको क्लवका महासचिव सन्तोष आचार्यले जानकारी दिए ।
पीवी थापा मुख्य प्रायोजक अनिता थापाको स्वर्गवासी पिता हुन् । पिताको स्मृतिमा थापाले प्रतियोगिताको प्रायोजन गरेकी हुन् ।

यही जेठ १२ देखि १७ गतेसम्म काँकरभिट्टा खानेपानीको सभाहलमा प्रतियोगिताको आयोजना हुने भएको छ ।
देशभरका करीव डेढसय खेलाडीहरुको दिमागी भिडन्त हुने प्रतियोगितामा राष्ट्रिय च्याम्पियन विश्वविजय घिमिरेले समेत प्रतिष्पर्धा गर्ने घोषणा गरेका छन् ।
काँकरभिट्टाका घिमिरे अध्यक्ष रहेको मेची युमा चेस एकाडेमीले प्रतियोगितालाई सहयोग पुर्याउने भएको छ ।

अध्यक्ष घिमिरेले उद्घाटन अवसरमा हालै दिवङ्गत राष्ट्रिय चेस खेलाडी विराटनगरका धनबहादुर तामाङलाई ‘नेपाल रत्न उपाधि’का साथ सम्मान गरिने जानकारी दिएका छन् ।

प्रतियोगितामा स्थानीय नयाँ खेलाडी र विद्यार्थीहरुले समेत भाग लिन सक्ने आयोजकले जनाएको छ ।
११ लाख खर्च लाग्ने अनुमान गरिएको प्रतियोगितामा निर्णायकको भूमिकामा नेसनल आर्विटर विजय कुमार थापा रहने भएका छन् ।

आर्विटर थापाले काँकरभिट्टा चेस खेलको राजधानी भएको बताउँदै यो प्रतियोगिता ऐतिहासिक बन्ने अपेक्षा सुनाए ।

नाइट चेस क्लवका अध्यक्ष कृष्णकान्त खनियाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शङ्कर थापा, क्लवका पूर्व अध्यक्षहरु शेरबहादुर बस्नेत (सुन्दर), दिलीप सुबेदी, मुख्य प्रायोजक अनिता थापा, क्लवका पदाधिकारीहरु कुमार बुढाथोकी, बलिमान गुरुङ, मेची युमा चेस एकाडेमीका अध्यक्ष विश्वविजय घिमिरे, खेल संयोजक ओमप्रकाश दाहाल लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगिताको उद्घाटन मेचीनगरका प्रमुख विमल आचार्य र उपप्रमुख मीना उप्रेतीले संयुक्त रुपमा गर्ने भएका छन् ।
http://online.fliphtml5.com/igtgq/iypv/
(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: