बुद्धिचाल प्रतियोगिता सुरु

  प्रकाशित मिति
२० फाल्गुन २०७६, मंगलवार १९:२१


मेचीनगर । नाइट चेस क्लबको आयोजना तथा मेची युमा चेस एकाडेमीको सहयोगमा मङ्गलवारदेखि पिवी मेमोरियल केसीसी इन्टरओपन चेस टुर्नामेन्ट सुरु भएको छ ।

काँकरभिट्टा खानेपानी तथा सरसफाइ संस्थाको सभाहलमा औपचारिक उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि श्रीप्रसाद मैनालीले चेस खेलले व्यक्तिको बौद्धिक विकासमा सहयोग पुग्ने बताए ।

कार्यक्रममा विशेष अतिथि मेचीनगर नगरपालिका प्रमुख विमल आचार्य, उपप्रमुख मीना उप्रेती, नेकपाका मेचीनगर इन्चार्ज देवकुमार राई, नेपाली काङ्ग्रेस मेचीनगर सभापति इन्द्रबहादुर बुढाथोकी, राप्रपा मेचीनगर अध्यक्ष सुशील आचार्य, नाइट चेस क्लवका पूर्व अध्यक्ष बालाजित राई, मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष ऋषि तिम्सिना लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरु दिलीप सुवेदी, नवराज खनिया, शेरबहादुर बस्नेत, मेची उद्योग वाणिज्य सङ्घकी उपाध्यक्ष बीना तामाङ, इप्रका काँकरभिट्टाका डिएसपी राजेन्द्र पोखरेल, काँकरभिट्टा फुटवल ट्रेनिङ सेन्टरका अध्यक्ष मिनबहादुर बस्नेत लगायतको आतिथ्यता रहेको थियो ।

सोही अवसरमा पशुपति अङ्ग्रेजी माविकी प्रिन्सिपल अनिता थापाले नाइट चेस क्लवका अध्यक्ष राजु कार्कीलाई ३ लाख रुपैयाँको चेक हस्तान्तरण गरेकी थिइन् । प्रिन्सिपल थापाले क्लबको विकासमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरेको जानकारी दिइन् ।

प्रतियोगितामा भाग लिन नेपालसहित भारत, भुटान र बङ्गलादेशका गरी २ सयभन्दा बढी खेलाडी सहभागी भएको र अझै खेलाडीहरु आउनेक्रम जारी रहेको आयोजकले जनाएको छ । खेल भने बुधबार (आज) बाट सुरु हुँदैछ ।

नाइट चेस क्लबका अध्यक्ष राजु कार्कीको सभापतित्वमा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष सुरेन्द्र बुढाथोकीले स्वागत गरेका थिए भने सञ्चालन महासचिव अशोक राईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: