बुद्वशान्तिको गौँडामा सनराइजको शाखारहित बैंकिङ सेवा

  प्रकाशित मिति
८ पुष २०७७, बुधबार १८:०५


झापा, ८ पुस । सनराइज बैंकले झापाको बुद्वशान्ति गाँउपालिका–६ शान्तिनगर स्थित गौँडामा शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ ।

उक्त शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या ५६ पुगेको छ ।

बैंकले बुद्घशान्ति–६ गौँडामा खोलेको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रुपमा सुनिल बस्नेतलार्ई नियुक्त गरेको छ ।

बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको स्थानबाट समेत शाखारहित बैंकिङ सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

यस सेवाबाट ग्राहकहरुले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ ।

कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको उक्त क्षेत्रका बासिन्दाहरुमा बैंकिङ पहुँच पुर्याउने उद्देश्यका साथ बैंकिङ सेवा सुरु गरेको बैंकले जनाएको छ ।

बैंकले १३९ वटा शाखा, ५६ वटा शाखारहित बैंकिङ सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटिएममार्फत आफ्ना ७ लाख भन्दाबढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: