बुधवारेमा पत्रकारिता तालिम

  प्रकाशित मिति
२५ बैशाख २०७३, शनिबार ०५:३२


बुधवारे । सहिद राम प्रधान स्मृति केन्द्रको आयोजनामा बुधवारेमा आधारभूत पत्रकारिता तालिम सञ्चालन भएको छ ।

बुधवारे, शान्तिनगर, धाइजन, खुदुनावारी र शनिअर्जुनका उच्च शिक्षामा अध्ययनरत तीन दर्जनभन्दा बढी प्रशिक्षार्थीले तालिम लिएका छन् ।
नेपाल पत्रकार महासङ्घका पूर्व महासचिव चन्द्र भण्डारीले तालिमको उद्घाटन गरे ।

स्मृति केन्द्रका अध्यक्ष तथा नेकपा एमाले झापाका अध्यक्ष चिन्तन पाठकको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा गैसस महासङ्घ झापाका अध्यक्ष रुद्र सिटौला विशेष अतिथि थिए ।

कार्यव्रmममा बुधवारे गाविसका पूर्व अध्यक्ष खडानन्द वाग्ले, सहिद राम प्रधानका सहयोद्धा ठूलो दुर्गा अधिकारी, नेत्र गौतम, मधु निरौला, डम्वर प्रधान लगायतको उपस्थिति रहेको थियो ।

शुव्रmवार सुरु तालिमको पहिलो दिन लोकतन्त्र पोस्टका सम्पादक मोहन काजी र न्यू मेची टाइम्स दैनिकका कार्यकारी सम्पादक प्रदीप परियारले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: