बुलेटदेखि ब्यालेटसम्म

  प्रकाशित मिति
१० असार २०७४, शनिबार १६:२९


saru (3)

विर्तामोड । जनताको भविष्यभित्र आफ्नो भविष्य देख्ने तार्किक र अध्ययनशील जुझारु महिला नेतृ लक्ष्मीदेवी न्यौपाने
(सरु)को परिचय यतिबेला फेरिएको छ । माक्र्सवादी सौन्दर्यलाई आत्मसात गर्ने उनी अहिले अलग गेटअपमा आम बिर्तामोडबासीको घरदैलोमा भोट मागिरहेकी छिन् । यतिबेला उनको दैनिकीसमेत फेरिएको छ । हिजो मुठ्ठी कसेर गर्विलो सङ्ग्रामी अभिवादन गर्ने सरु दश औँला जोडेर शालीन स्वरमा मतमाग्न व्यस्त छिन् । यो उनको फेरिएको परिचय हो ।

यही परिचयसँगै अर्को परिचय थपिँँदैछ उनकोर । मेची अञ्चलकैै प्रमुख व्यापारिक केन्द्र बिर्तामोड नगरपालिकामाा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट उपमेयरको प्रत्याशी । परिणाम आएपछि विजेता बने बिर्तामोड नगरपालिकाको प्रथम उपमेयर भएर संविधानले तोकेअनुसार न्याय सम्पादनसहित काम गर्ने छिन् । यो सरुको खुद वर्तमानको परिचय हो । यो भन्दा पनि उनी परिचित छिन्, १० वर्षे जनयुद्धदेखि शान्ति प्रक्रियापछि उनले निर्वाह गरेको सत्कर्मले । उनले आफूलाई युद्ध र शान्ति दुवै प्रक्रियाबाट अघि बढ्न सक्ने निडर महिला नेतृको रुपमा स्थापित गरिसकेकी छन् ।

२०३६ सालमा गरामनीमा जन्मिएकी सरु सानै उमेरमा राजनीतिमा होमिइन् । राजनीतिमा कहिले काहीँ रहरभन्दा पनि जबरजस्त सङ्घर्ष गर्नुपर्छ, त्यही जीवनका भोगकर्ता हुन्–सरु । १४ वर्षकै उमेरदेखि राजनीतिमा सक्रिय उनी पार्टीभित्र एउटा उचाइमा छिन् । विद्यार्थी राजनीतिका क्रममा २० वर्षको उमेरमा उनी गिरफ्तारमा परिन् । २०५६ सालमा सुरुङ्गामा भएको अखिल क्रान्तिकारीको जिल्ला सम्मेलनमा गिरफ्तारमा परेकी उनले २० महिना जेल जीवन बिताइन् ।

झापा, मोरङ, इलाम र राजविराज जेल सार्ने क्रममा उनलाई तत्कालीन राज्य सत्ताले चार पटक बेपत्ता पा¥यो । उनलाई सङ्गठनले २०५७ सालमा जेलमै भएका बेला अखिल क्रान्तिकारी इलाम जिल्ला कमिटीको उपाध्यक्षको जिम्मेवारी सुम्पियो । २०५८ भाद्रमा युद्धविराम भएको बेला धरौटी राखेर उनी जेलमुक्त भइन् ।

saru 2 (2)

२०५० सालमा विद्यार्थी सङ्गठन हुँदै महिला संगठनमा आबद्ध भएकी सरु २०५५ सालबाट माओेवादीकी पूर्णकालीन कार्यकर्ता बनिन् । २०५८ मा जिल्ला कमिटी सदस्य, २०६१ मा उपव्यूरो, २०६२ मा जनमुक्ति सेनाको कम्पनी सहायक कमान्डर, २०६३ मा कम्पनी कमिसार, २०६४ मा राज्य सदस्यको जिम्मेवारी पूरा गरिन् । अहिले उनी माओवादी केन्द्रको केन्द्रीय सदस्य हुन् । शान्ति प्रक्रियापछि विभिन्न सङ्घसङ्गठनमा आबद्ध रहेर काम गरेकी सरुले २०६४ सालमा गणतान्त्रिक महिला मञ्च इलामको संयोजक, २०६७ अन्तरपार्टी महिला सञ्जाल जिल्ला सदस्य र २०६८ मा अन्तरपार्टी महिला सञ्जाल झापाको अध्यक्षको जिम्मेवारी सफलतापूर्वक बहन गरेकी छन् ।

पुँजीवादी सौन्दर्यताको प्रभाव उनमा छैन । सादा जीवन बिताउन चाहने सरुको २०६१ असारमा बन्दुक साटेर विवाह भयो । उनका श्रीमान् रमण अहिले माओवादी केन्द्रको इञ्चार्ज छन् । अतित सम्झँदै सरुले भनिन्, ‘विवाहको समयमा उहाँ कम्पनी कमिसार हुनुहुन्थ्यो, हामीले बन्दुक साटेर विवाह ग¥यौँ ।’ सरुले अर्थोपार्जनलाई कहिल्यै केन्द्र बिन्दुमा राखनिन् । जनताको भविष्यभित्र आफ्नो भविष्य देख्ने उनी राजनीतिलाई पेशाभन्दा पनि सेवाको रुपमा लिनुपर्ने बताउँछिन् ।

युद्धकालमा बुलेट समाएर परिवर्तनको पक्षमा होमिएकी सरु अहिले ब्यालेटमार्फत् जनादेश लिएर जनताको सेवामा लाग्ने प्रणसहित चुनावी मैदानमा उत्रिएकी छन् ।

ग्रामीण विकासमा स्नातकोत्तर गरेकी सरुले बिर्तामोड नगरपालिकाको उपमेयरको प्रत्याशीको रुपमा चुनावी मैदानमा उत्रँदा नगरपालिकामा न्याय सम्पादनको कामलाई सर्वसुलभ र सहज ढङ्गले सम्पादन गर्ने, शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रका कामलाई व्यावहारिक, वैज्ञानिक र समयानुकूल बनाउँदै लाने, अग्र्यानिक कृषिलाई बढावा दिई यान्त्रिकीकरण, आधुनिकीकरण गर्दै व्यावसायिक र रोजगारमुखी बनाइने, पत्रकार हकहित तथा आवश्यक सेवा सुविधाका लागि आवश्यक कानून निर्माणमा पत्रकारलाई सहभागी गराई श्रमजीवी पत्रकार ऐन लागु गर्ने वातावरण सिर्जना गर्ने लगायतका प्रतिबद्धता सार्वजनिक गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: