बृक्षरोपण कार्यक्रम

  प्रकाशित मिति
२२ श्रावण २०७३, शनिबार १४:४८


34

गौरादह, २२ साउन । नेपाल बुद्घिजीबि परिषद् जिल्ला समितिको आयोजना र बुद्घिजीबि परिषद् झापा क्षेत्र नं.६ को व्यवस्थापनमा गौरादहमा शनिबार बृक्षरोपण कार्यक्रम सम्पन्न भयो ।

परिषद्का जिल्ला अध्यक्ष लीला अधिकारीको सभापतित्वमा संचालन भएको कार्यक्रममा जिल्ला उपाध्यक्ष केदार रिमाल, पार्टीका क्षेत्रीय इन्चार्ज योगराज दाहाल, जनता उमाविका प्राचार्य बुद्घिमान कार्की लगायतले बोलेका थिए ।

जिल्ला समिति झापाको वार्षिक कार्यक्रम अन्तर्गत जनता उमाविको परिसरमा टिक र मसलाका तीन सय ५० वटा विरुवा रोपिएको सुरेन्द्र पन्तले जानकारी दिए । कार्यक्रम जीवन कार्कीले संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: