बृद्धाश्रमलाई टेलिभिजन प्रदान

  प्रकाशित मिति
२७ भाद्र २०७४, मंगलवार १०:५८


tv

बिर्तामोड । झापाको बिर्तामोड–४ स्थित परोपकार तथा अनुसन्धान केन्द्रद्धारा संचालित बृद्धाश्रामलाई जीवन–बिद्या स्मृति प्रतिष्ठान बुद्धशान्ति–४ ले टेलिभिजन प्रदान गरेको छ । प्रतिष्ठानका संरक्षक (हाल नाईजेरियामा कार्यरत) निरज श्रेष्ठले आफ्नो दिबंगत बुवा–आमाको सम्झनामा पठाएको रकमबाट टेलिभिजन खरिद गरी केन्द्रलाई हस्तान्तरण गरिएको हो ।

प्रतिष्ठानका अध्यक्ष निसा श्रेष्ठ (ढुङगाना) सहितको टोलीले परोपकार केन्द्रको परिषरमा एक कार्यक्रमको आयोजना गरी केन्द्रका अध्यक्ष बिक्रम मादेन (लिम्बु) लाई ५० इन्चको कलर टेलिभिजन हस्तान्तण गरियो । केन्द्रमा रहेका बृद्ध–बृद्धालाई समय बिताउन, मनोरन्जन र धार्मिक कार्यक्रम हेर्नका लागि सहज होस भन्ने हेतुले करिब ६३ हजार मुल्य बराबरको टेलिभिजन प्रदान गरिएको प्रतिष्ठानका सचिब सुर्य ढुङगानाले बताए ।

बृद्धाश्राममा रहेकी ९४ बर्षीय नन्दकुमारी भट्टराईले टेलिभिजन आएपछि खुसी ब्यक्त गरिन् । उनले भनिन् ‘अव समय बिताउने माध्यम पनि आयो । बिहान त भ्याइदैन् दिउँसो र बेलुकी धार्मिक कार्यक्रम सुनेर आनन्द लिइन्छ ।’ अर्की ६० बर्षीय कमला रिजालले टेलिभिजन भएपछि जीबन ब्यतित गर्न सहज हुने बताईन् । उनले हास्दै भनिन् ‘उमेर पनि ढल्क्यो, मनोरन्जन त हैन, धार्मिक सत्सङ हेर्ने र सुन्ने हुदाँ समय कटाउन सजिलो हुन्छ ।’

२०६६ सालबाट संचालनमा आएको परोपकार तथा अनुसन्धान केन्द्रद्धारा संचालित बृद्धाश्राममा हाल ११ जना बुवा र ९ जना आमा बस्दै आएको केन्द्रले जनाएको छ । केन्द्रका अध्यक्ष लिम्बुले प्रतिष्ठानले देखाएको सामाजिक भावनाको उच्च कदर गर्दै आगामी दिनमा यस्तै सहयोगी मन बाढिरहन आग्रह गरे । २०७३ सालमा स्थापित प्रतिष्ठानले बिभिन्न सामाजिक काम गर्दै आएको छ । गत श्रावण अन्तिम साता आएको बर्षासंगैको बाढिले क्षति गरेको दक्षिणी झापाको झापा गाउँपालिका–७ टप्पुगाउँ पुगेर करिब ३० हजार मुल्य बराबरको झुल, कम्बल बाढी प्रभावित ३९ घरलाई बितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: