बेङ्लोर अध्ययनका लागि क्याम्ब्रिज

  प्रकाशित मिति
१४ जेष्ठ २०७३, शुक्रबार ०८:४५


simkhada
एसएलसी र प्लस टु उत्तीर्णपछि उच्च शिक्षा अध्ययन गर्न आफुलाई मन पर्ने विषय र कलेजको छनोट गर्न नसक्दा विद्यार्थीहरू समस्यामा फँस्ने गरेका छन् । त्यसले एकातिर विद्यार्थीको समय बर्बाद हुन्छ भने अर्कातिर अभिभावकको लाखौँ रुपैयाँ डुब्न सक्छ । अभिभावकहरूले विद्यार्थीका लागि गरेको लगानी र विद्यार्थीहरूको समय सदुपयोग होस् र विद्यार्थीहरूलाई गुणस्तरीय, प्राविधिक र व्यावहारिक शिक्षा प्रदान गर्न उचित शैक्षिक परामर्शको जरुरत पर्दछ ।

एसएलसी र प्लस टु पास गरी गुणस्तरीय उच्च शिक्षाको खोजीमा रहेका विद्यार्थीहरूलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने प्राविधिक र व्यावहारिक विषयका बारेमा र ती विषयहरू अध्यापन गराउने उत्कृष्ट कलेजहरूका बारेमा उचित शैक्षिक परामर्श प्रदान गर्ने उद्देश्यले क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीको स्थापना गरिएको हो ।

यो संस्था विद्यार्थी र प्राविधिक कलेजहरूसँगको सम्बन्ध स्थापित गर्नका लागि पुलको काम गर्ने सामाजिक संस्था हो । यस संस्थाले स्थापनाकाल २०६७ देखि नै शैक्षिक क्षेत्रमा निरन्तर सेवा गर्दै आएको छ । यसका शाखा कार्यालयहरू इलाम, दमक, विराटचोक, इटहरी, विराटनगर, धरान, काठमाडौँ लगायतका ठाउँहरूमा रहेका छन् ।

हेड अफिस बिर्तामोडमा रहेको यस शैक्षिक संस्थाको आफ्नै आधिकारिक शाखा कार्यालय, चुस्त प्रशासन र कानुनी बैधता भएको हुनाले यस मार्फत अध्ययनका लागि जाने विद्यार्थीहरूलाई कुनै प्रकारको असजिलो नभएको सम्बन्धित आम अभिभावकहरूको धारणा रहेको छ । पारिवारिक–प्रशासनिक व्यावस्थापन पनि यसको बलियो विश्वसनीयताको आधार हो । मूलतः प्राविधिक शिक्षामा सेतुको काम गर्ने यसको पवित्र उद्देश्य सार्वजनिक रुपमै प्रशंसनीय रहेको छ । जसले गर्दा जहाँ क्याम्ब्रिज त्यहाँ सबल शैक्षिक ब्रिज भन्ने चर्चा समेत सुनिने गरेको छ ।

व्यावहारिक परिवर्तनका लागि प्राविधिक शिक्षा आवश्यक छ । शिक्षामा सामाजिक र व्यावहारिक रूपान्तरण हुन जरुरी छ । व्यक्ति स्वयम् परिवार, समाज र राष्ट्रलाई समुन्नत गति दिन यो प्राविधिक युगमा चल्न चलाउन स्किल बेस प्राविधिक जनशक्तिको आवश्यकता छ । सो कुरालाई मनन गर्दै राष्ट्र निर्माणका लागि समाजको रूपान्तरणका लागि शब्दको मानसिकताभन्दा पनि कार्यको मानसिकता जन्मी राष्ट्र निर्माणमा एउटा इँटा थप्न सक्ने जनशक्ति निर्माण होस् भन्ने लक्ष्य र उद्देश्य लिँदै अभिभावक र विद्यार्थीलाई उचित शैक्षिक परामर्श दिन क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीको जन्म भएको हो ।

यस संस्थाले विगत ५ वर्षदेखि एसएलसी र प्लस टु उत्तीर्ण गरेका विद्यार्थीलाई सही विषय र कलेजको बारेमा जानकारी गराउँदै आएको छ । हामीले विशेष गरी बेङ्लोर बहुप्रतिष्ठित विश्वविद्यालय तथा कलेजका बारेमा आवश्यक सबै विषयमा काउन्सिलिङ र सम्बन्धित कलेजहरूमा स्वयम् गएर एड्मिसन गराउँदै आएका छौँ ।

७ सयभन्दा बढी नै विद्यार्थी प्राविधिक विषय छनोट गरी हामीमार्फत् बेङ्लोरमा अध्ययनरत छन् । हामी उनीहरूको प्रत्यक्ष सम्पर्कमा छौँ । गत २०७१ सालमा एसएलसी पास गरेर गएका झापा बिर्ता बजारका चेतन राउतले कम्प्युटर साइन्स इन्जिनियरिङमा बोर्ड टप, झापा बुधबारेका विकास राय बोर्ड सेकेन्ड, इलामका विकास दुलाल बोर्ड थर्ड भएका थिए । २०७२ सालमा एसएलसी पास गरेर गएका सुरुङ्गाका प्रभु गिरीले डिप्लोमा कम्प्युटर साइन्स इन्जिनियरिङमा भारतको बैङलोरस्थित डाक्टर श्री श्री श्री शिवकुमार महास्वामी इञ्जिनियरिङ कलेजमा ९१ प्रतिशत ल्याउँदै बोर्ड टप भएको हुनाले उनलाई कलेजले प्रोत्साहन स्वरुप रु. ५० हजार छात्रबृत्ति प्रदान गरेको थियो ।

यसैगरी विराटचोककी स्पार्कल पुरीले डिप्लोमा कम्प्युटर साइन्स इन्जिनियरिङमा ९० प्रतिशत ल्याउँदै सोही इञ्जिनियरिङ कलेज बैङ्लोरबाट गोल्ड मेडल पाएकी थिइन् । दमक झापाका आभास साह डिप्लोमा सिभिल इन्जिनियरिङको म्याथ विषयमा सोही कलेजबाट सयमा सय प्रतिशत अङ्क ल्याउन सफल भएको हुनाले उनलाई कलेजले प्रोत्साहन स्वरुप गोल्ड मेडल प्रदान गरेको थियो । दमक झापाकै एलोजराज खरेलले डिप्लोमा मेकानिकल इन्जिनियरिङमा सयमा सय प्रतिशत ल्याउँदै कलेजबाट गोल्ड मेडल पाएका छन् ।

बिराट चोकका गणेश पौडेल डिप्लोमा मेकानिकल इन्जिनियरिङमा सोही कलेजबाट कलेज टपर भएर गोल्ड मेडल प्राप्त गरेका थिए भने बिर्तामोड झापाकी अल्का उप्रेतीले डिप्लोमा मेडिकल एक्स रे टेक्नोलोजिमा एम.एस.रमैया हर्सा हस्पिटल बैङ्लोरबाट ७५ प्रतिशत ल्याई कलेज टपर भएकी थिइन् । झापा सुरुङ्गाकी पुजा खड्का अप्रेशन थिएटर टेक्नोलोजी डिप्लोमामा एम.एस.रमैया हर्सा हस्पिटल बैङ्लोरबाट कलेज सेकेन्ड टपर भएकी थिइन् ।

बीरगञ्जका जयनुदिन अन्सारी मेडिकल ल्याब्रोटरी टेक्नोलोजी विषयमा एम.एस.रमैया हर्सा हस्पिटल बैङ्लोरबाट कलेज सेकेन्ड टपर भएका थिए । चन्द्रगढी झापाका मुकेश प्याकुरेलले बीबीए विथ एभिएसन विषयमा ८३ प्रतिशत ल्याई हिन्दुस्तान एभिएसन एकेडेमी बेङ्लोरबाट कलेज टपर भएका थिए ।

हामी श्रीश्रीश्री शिवकुमार महास्वामी कलेज अफ इञ्जिनियरिङ बैङ्लोर, एमएस रमैया हर्षा हस्पिटल बैङ्लोर, एपी गोयल सिमला युनिभर्सिटी, एसआरएम युनिभर्सिटी, असोका पोलिटेक्निक बैङ््लोर, गौतम मेडिकल कलेज बैङ्लोर, हिन्दुस्तान एभिएसन एकेडेमी बैङ्लोर, आचार्य इस्टिच्यूट अफ टेक्नोलोजी बैङ्लोर, बीएमएस कलेज अफ इन्जिनियरिङ, बैङ्लोर, स्पूर्ति कलेज अफ नर्सिङ, आदित्य ग्रुप अफ इन्स्टीच्यूसन बैङ्लोर, देवराज मेडिकल रिसर्च सेन्टर बैङ्लोर, कञ्चनजङ्घा इन्स्टीच्यूसन अफ म्यानेज्मेन्ट एन्ड टेक्नोलोजी सिलगढी, सिसिसिटी सिक्किम लगायतका कलेजमा पढ्न पठाउँछौँ ।

bang-Engineering-Colleges

एसएलसी पछि इञ्जिनियरिङमा, कम्प्युटर साइन्स इञ्जिनियरिङ, सिभिल इञ्जिनियरिङ, मेकानिकल इञ्जिनियरिङ, अटोमोवायल्स इञ्जिनियरिङ, इन्फरमेसन साइन्स एन्ड टेक्नोलोजि, एरोनेटिकल इञ्जिनियरिङ, मेकाट्रोनिक इञ्जिनियरिङ, इलेक्ट्रोनिक्स एन्ड इलेक्ट्रिकल इञ्जिनियरिङ, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेशन इञ्जिनियरिङ नर्सिङ्गमा, मेडिकल ल्यावोरटोरी टेक्नोलोजी,डाइलोसिस टेक्नोलोजी, अपरेशन थ्रीएटर टेक्नोलोजी, अफ्थलमोलोजी टेक्नोलोजी, मेडिकल एक्सरे टेक्नोलोजि र प्लस टु पछि बिई, बिटेक, बिएस्सी र एमएस्सी, नर्सिङ, बी–फार्मेसी, बी–अप्टोमेट्री, फिजीयोथेरापी, बिबिए, बिसिए, बिबिएम, बिएचएम र आर्टस, एडुकेशन, कमर्स सङ्कायबाट प्लस टु पास गरेका विद्यार्थीहरूले जिएनएम नर्सिङमा साथै म्यानेजम्यान्ट सङ्कायबाट प्लस टु पास गरेका विद्यार्थीहरू एयरपोर्ट र एयरलाइन्स सम्बन्धीका विषयहरूमा अध्ययनका लागि पठाइसकेको छ ।

क्याम्ब्रिज भनेकै विशेषतः बेङ्लोर अध्ययनका लागि जाने विद्यार्थीलाई परामर्श दिने भरपर्दो र आधिकारिक संस्था हो । हामीले हरेक शैक्षिक मेलामा सम्बन्धित विश्वविद्यालय तथा कलेजका शैक्षिकविद्हरू उपस्थित गराएर विद्यार्थी र अभिभावकलाई शैक्षिक परामर्श दिने गरेका छौँ । विद्यार्थीले चाहेअनुरुपको विषय छनोट गरेपछि उनीहरूलाई बेङ्लोर लैजाँदा क्याम्ब्रिजको समूहले लाने गर्छ । त्यसअघि नै अभिभावकले कलेजको सम्पूर्ण शैक्षिक गतिविधि रहनसहन बुझ्न चाहेमा विद्यार्थीको साथमा कलेज भ्रमण गर्ने व्यवस्था समेत हामीले मिलाउने गरेका छौँ । क्याम्ब्रिज टिमले बीच–बीचमा कलेज भ्रमण गरी विद्यार्थीको शैक्षिक गतिविधि अनुसन्धान गरी त्यसको जानकारी अभिभावकलाई दिने गरेकाले पनि अभिभावक ढुक्क हुनुहुन्छ ।

विद्यार्थी कलेजमा पुगिसकेपछि होस्टलमा खान, बस्न, किनमेल आदिको व्यवस्था मिलाइदिने, विद्यार्थीको अग्रिम सिट बुकिङको व्यवस्था गरिने, विद्यार्थीको अध्ययन र प्रगति विवरणको जाँच गरी सोको जानकारी अभिभावकलाई गराउने गरेका छौँ । साथै, कलेजमा विद्यार्थीलाई असुविधा परेमा समाधानका लागि हामीले पहल गर्ने गरेका छौँ ।

हामीकहाँ चामल धानबाट निकालिन्छ भनेर रटाइन्छ । तर, कसरी निकालिन्छ, त्यो बताइँदैन । त्यसैले भुस देख्दा कतिपय बालबालिका छक्क पर्ने अवस्था छ । अहिले पाठ्यपुस्तक र विद्यार्थीबीच तालमेल छैन । कतिपय अवस्थामा विद्यार्थी पाठ्यपुस्तकभन्दा बाठा भइरहेका छन् भने कोही बेला पाठ्यपुस्तक विद्यार्थीको क्षमताभन्दा बोझिलो छन् । त्यसैले अहिलेको बढ्दो बेरोजगारी र असफल नागरिक उत्पादनको परिप्रेक्ष्यमा पाठ्यपुस्तकभन्दा विद्यार्थी बढी सक्षम बनुन्, विश्वका आफ्ना सहपाठी, सहयात्री मित्रहरू जस्तै उत्पादनमूलक शिक्षा लिन पाउन् भन्ने हाम्रो इन्स्टिच्युटको चाहना हो ।

राष्ट्र साझा विकसित मानसिकताबाट चल्ने थलो हो । राष्ट्र सधैँ दक्ष प्राविधिक व्यक्तिहरूको खाँचोबाट तड्पिरहेको अवस्थामा छ । कुनै पनि समाजको विकास त्यो समाजको व्यक्तित्वमा आधारित हुन्छ । शिक्षाले समाजको निर्धारण गर्छ, फेरि समाजले शिक्षाको पनि । अतः समाजलाई कुन अवस्थामा लैजाने भन्ने कुरा त्यहाँका उत्पादित शैक्षिक जनशक्तिबाट निर्धारण हुन्छ । आधुनिक समाजमा समयसँगै अगाडि बढ्न प्राविधिक जनशक्ति निर्माण गर्न जरुरी देखिन्छ ।

साथै हाम्रैजस्तो मिल्दोजुल्दो नाम र लोगो प्रयोग गरी अभिभावक तथा विद्यार्थीलाई भ्रम पैदा गरी शिक्षाजस्तो गरिमामय पेशामा कुकार्य नगर्न नगराउन अनुरोध गर्दछु र अभिभावक तथा विद्यार्थीले संस्थाको सम्पूर्ण पृष्ठभूमि पहिचान गरी आफ्नो भविश्य सुनिश्चित गर्नका लागि क्याम्ब्रिज इस्टिच्यूट अफ टेक्नोलोजीमा सम्पर्क गर्न अनुरोध छ ।समस्यामा परेका विद्यार्थीहरूलाई आवश्यक पर्ने कुनै पनि प्रकारको सहयोगका लागि हामीलाई सम्पर्क गर्नु हुन अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: