बेलायतबाट आएका ५ जनामा नयाँ प्रकारको कोरोना आशंका

  प्रकाशित मिति
१३ पुष २०७७, सोमबार १८:५१


झापा, १३ पुस । बेलायतबाट आएका पाँच जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यद्यपि नयाँ प्रकारको कोरोना भाइरस हो वा होइन भन्ने यकिन भइनसकेको अधिकारीहरूले बताएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखाका अनुसार अहिले उनीहरु राजधानीको विभिन्न होटेलमा क्वारेण्टिन बसिरहेका छन् ।

बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस भेटिएपछि त्यहाँबाट आउने नागरिकलाई १० दिन अनिवार्य क्वारेण्टिन बस्न आग्रह गरिएको थियो । यसरी बसेका मध्ये ५ जनालाई लक्षण देखिएपछि परीक्षण गरिएको थियो । र, उनीहरूको रिपोर्ट पोजेटिभ आएको छ ।

तर, उनीहरुलाई नयाँ प्रजातीको कोरोना भएको भन्न नमिल्ने महाशाखाका निर्देशक वासुदेव पाण्डेले बताए । उनका अनुसार नयाँ किसिमको कोरोना भाइरस भएको पत्ता लगाउन उनीहरुको जिन सिक्विनिङ गर्नुपर्छ ।

‘जिन सिक्विनिङ नगरी बेलायतबाट आएको आधारमा मात्रै उनीहरुलाई नयाँ प्रकारको कोरोना भाइरस भएको भन्न मिल्दैन’ डाक्टर पाण्डेले भने, ‘तर बेलायतबाट आएकाहरु अथवा उनीहरुको सम्पर्कमा आएकाहरुलाई कोरोनाको लक्षण देखिए भने सचेत भने रहनुपर्छ ।’

(अनलाइन खवर)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: