बेलायतबाट नेपाल आउने व्यक्ति १० दिन क्वारेन्टिनमा बस्नु पर्ने

  प्रकाशित मिति
८ पुष २०७७, बुधबार १९:२६


झापा, ८ पुस । सरकारले बेलायतबाट नेपालमा आएका व्यक्तिहरुलाई दस दिन होटल क्यारेन्टिनमा बस्न अनुरोध गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बुधबार विज्ञप्ति जारी गर्दै बेलायतमा नयाँ प्रकारको कोभिड–१९ को प्रजाति देखिएकाले त्यहाँबाट आउने व्यक्ति अनिवार्य रुपमा १० दिन क्वारेन्टिनमा बस्न अनुरोध गरेका हुन् ।

नयाँ जातको प्रजातिको भाइरसको रोकथाम र नियन्त्रणका लागि यही पुस १ देखि ७ गतेभित्र बेलायत वा बेलायतको बाटो हुँदै नेपाल प्रवेश गरेका व्यक्तिहरुलाई दस दिन होटल क्वारेन्टिनमा बस्न डा.गौतमले आग्रह गरे ।

नेपाल प्रवेश गरेको मितिले सात दिनदेखि १० दिनभित्र नजिकको सरकारी स्वास्थ्य प्रयोगशालामा गई पीसीआर परीक्षण गराउनु पर्ने उनको भनाइ छ ।

मन्त्रालयले यसरी आउने व्यक्तिको निःशुल्क परीक्षणको व्यवस्थासमेत मिलाउन सरकारी प्रयोगशालालाई परिपत्र गरेको छ ।

नेपालमा अहिलेसम्म २ लाख ५५ हजार ९७९ जना संक्रमित, २ लाख ४६ हजार ६६१ जना निको भएका छन् भने १ हजार ८०३ जना कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: