बैदेशिक रोजगारको अवस्था

  प्रकाशित मिति
२ पुष २०७३, शनिबार १५:०३


gyanendraनेपालको मुख्य समस्या भनेको बेरोजगारी नै हो । अधिकांश नेपाली युवा रोजगारीको खोजीमा देश छोडेर अन्यत्र जाने गरेका छन् । खास गरी बैदेशिक रोजगार नेपाली युवाका लागि रहर र बाध्यता दुवै भएको छ । नेपाली युवाको बैदेशिक रोजगारको सहज अनि सरल गन्तब्य यति बेला खाडी मुलुकसँगै छिमेकी मुलुक भारत बनेको छ । विश्वमा जनसङ्ख्या वृद्धि र औद्योगिक विकास सँगसँगै भएको शहरीकरण एवम् भूमण्डलीकरणवाट देशहरुबीचको खुलापन विस्तार भएपछि राम्रो कामको खोजीमा विदेश जाने व्रmम पनि तीव्र रुपमा वृद्धि हुँदै गएको छ । यसरी रोजगारी वा जीविकोपार्जनका लागि अर्को देशमा गई बस्ने प्रव्रिmया विश्वव्यापी भएको छ । हाल संसारभर करिव २३ करोड २० लाख मानिसहरु आप्रवासीको रुपमा रहेका छन् ।

वैदेशिक रोजगारीमा रहँदा पारिश्रमिक तथा अन्य सेवा सुविधा, न्यूनतम् मानव अधिकारको प्राप्ति आदिमा विदेशी नागरिक भएको कारणबाट आप्रवासीहरु माथि हुनसक्ने विभेदलाई ध्यानमा राखी संयुक्त राष्ट्रसङ्घले डिसेम्बर १८ का दिन आप्रवासी कामदार र तिनका परिवारको सदस्यहरुको अधिकार संरक्षण सम्बन्धी महासन्धी, १९९० पारित गरी आप्रवासी कामदार सम्बन्धी महासन्धी सन् २००३ जुलाई १ देखि लागू भयो । यस महासन्धिले ‘आप्रवासी कामदार भन्नाले आफू नागरिक नरहेको राष्ट्रमा पारिश्रमिक पाउने व्रिmयाकलापमा लगाइने, लागेको वा लगाइएको व्यक्तिलाई सम्झिनु पर्दछ’ भनेर आप्रवासी कामदारको सम्बन्धमा स्पष्टरुपमा परिभाषा गरेको छ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २००० डिसेम्बर ४ मा प्रस्ताव नं. ५५÷९३ लाई पारित गर्दैैै संसारभर ठूलो सङ्ख्यामा रहेका आप्रवासीको सरोकारको दस्तावेज पारित भएको दिन १८ डिसेम्बरलाई विश्व आप्रवासी कामदार दिवसको रुपमा मनाउने गरिएको छ । नेपाल सरकारले पनि यो दिवसलाई प्रत्येक वर्ष विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै आएको छ ।

नेपाल सरकारको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा वार्षिक ५ लाख युवाहरु श्रम बजारमा प्रवेश गर्दछन् । देशभित्र पर्याप्त रोजगारीका अवसरहरु नभएकोले दैनिक करिब १२ सय युवाहरु वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति प्राप्त गर्ने गरेका छन् । पछिल्लो वर्ष सरकारले ल्याएको फ्रि भिषा, फ्रि टिकटको योजनाले तत्काल हेर्ने हो भने बैदेशिक रोजगारमा जाने युवाहरुले व्यवसायीहरुलाई बिगतको भन्दा केही कम रकम तिरेको तथ्याङ्कले देखाएको छ । बिगतमा एक जना युवाले सरदर एक लाख ५० हजार रकम बुझाएको देखिन्थ्यो भने हाल यो रकम ७० हजार मात्र रहेको सरकारी तथ्याङ्कमा उल्लेख गरिएको छ । वैदेशिक रोजगार विभागका अनुसार आ.ब. २०५०÷०५१ देखि २०७२÷०७३ सम्म श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा जाने कूल नेपालीहरुको सङ्ख्या ४५ लाख भन्दा बढी पुगिसकेको छ । यद्यपि वैदेशिक रोजगारीबाट फर्किएकाहरुको तथ्याङ्क अद्यावधिक भएको देखिदैंन । यस बाहेक शिक्षा, व्यापार, व्यवसाय आदि कारणले विदेश जानेहरु, सरकारी सम्पर्कमा नआई विदेश जाने कामदार तथा खुला सिमानको फाइदा लिएर भारतमा रोजगारीका लागि गएका नेपालीहरुको सङ्ख्यालाई अभिलेख गर्ने हो भने यो सङख्या निकै बढी देखिन आउँछ । वैदेशिक रोजगारबाट प्राप्त हुने मुख्य फाइदा भनेको नेपाल भित्रिने रेमिट्यान्स नै हो । रेमिट्यान्ससँगै नेपाली युवाले विदेशमा गएर सिकेको सीप र अनुभव पनि नेपाल भित्रिरहेको छ । मासिक रुपमा ५५ अर्ब भन्दा बढी नेपाल भित्रिने रेमिट्यान्सको खर्च के कसरी भएको छ भनेर राज्यले तथ्याङ्क अध्यावधिक गर्न सकिरहेको छैन भने अर्को तर्फ बैदेशिक रोजगारको सिलसिलामा नेपाली युवाले हासिल गरेको शिप र अनुभवलाई राज्यले उपयोग गर्न नसकिरहेको अवस्थाले पनि नेपाली युवा लामो समय बैदेशिक रोजगारीबाट फर्केपछि पनि बेरोजगार नै हुने अवस्थाले थप जटिलता थपेको देखिन्छ । नेपाल राष्ट्र बैंकको प्रतिवेदन अनुसार आ.ब. २०७२÷०७३ मा कूल ६ सय ६८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । नेपालमा गरिबी घट्नुमा रेमिट्यान्स एउटा महत्वपूर्ण कारक बन्न पुगेको छ । भारतमा कार्यरत् नेपाली कामदारहरुको योगदानबाट प्राप्त रेमिट्यान्स र उनीहरुका समस्या समाधानबारे पनि अध्ययन गर्न आवश्यक छ । यसैगरी विभिन्न मुलुकवाट नेपालमा काम गर्न आउनेको सङ्ख्यामा पनि क्रमशः वृद्धि हुदै गएको छ । उनीहरुको हकहितको रक्षाका लागि हामी सवै सजग रहनु पर्दछ । त्यस सगँसगैं विदेशबाट काम गर्न नेपाल भित्रिएकाहरुबाट हाम्रो सामाजिक, साँस्कृतिक, धार्मिक, आर्थिक र राजनितिक अधिकारमा के कस्तो असर गरिरहेको छ त्यसका बारेमा समेत हेक्का हुन जरुरी भइसकेको छ ।

नेपाल र नेपालीका बारेमा धेरैले गर्ने गरेको टिप्पणी भनेको नेपाली इमान्दार सँगसँगै कर्मशील हुन्छ भन्ने नै हो तर पछिल्लो अवस्थामा नेपाली युवाहरु सीप सिक्न पछि पर्ने अनि सामान्य मानिएका काम गर्न हिच्किचाउने भएकाले घरको कामका लागि अर्को मानिस खोज्नु पर्ने अनि घर कै सदस्य बेरोजागर हुने अवस्थाको सृजना भएको छ । या भनौं बाबु कामदार खोज्न र छोरा छोरी काम खोज्न एकै पटक घरबाट बाहिर निस्किने संस्कृतिको बिकास नेपाली परिवारमा बिस्तारै मौलाउँदै गएको देखिन्छ । त्यसका लागि सरकारी तबरबाट नितिगत रुपमा सुधार आवश्यक देखिन्छ । हाल सरकारले बैदेशिक रोजगारका लागि थुप्रै निति तर्जुमा गरेको देखिन्छ । बैदेशिक रोजगार ऐन २०६४, बैदेशिक रोजगार निति तथा लक्ष्य २०६८ र बैदेशीक रोजगार नियमावली २०७० हाल कार्यान्वयनमा छन । तर सरकारले बैदेशीक रोजगारीबाट फिर्ता भएका युवाको ज्ञान, शीप र अनुभवलाई कसरी उपयोगमा ल्याउन सकिन्छ भनेर नीतिगत रुपमा अगाडि ल्याउन सकेको देखिँदैन । बैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउनेतर्फ सरकारले केही प्रयास गरेको देखिए पनि लामो अनुभव र सीपले निखारिएका नेपाली युवाहरुलाई स्वदेशमा नै गरी खाने गरी स्वरोजगारको वातावरण बनाउन सक्ने हो भने मुलुकको सर्वाङ्गिण बिकासका लागि सार्थक कदम हुने थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: