बैबाहिक स्वर्णमहोत्सवमा कृति विमोचन

  प्रकाशित मिति
२७ फाल्गुन २०७४, आईतवार ११:२७


मेचीनगर । साहित्यकार विजय खरेल तथा पार्वती खरेलको वैवाहिक जीवनको ५० वर्ष पुगेको अवसरमा भव्य साहित्यिक कार्यक्रम सम्पन्न भएको छ ।

प्रसिद्ध प्रगतिवादी साहित्यकार डा. मोदनाथ प्रश्रितको प्रमुख आतिथ्य, प्राज्ञद्वय यज्ञराज प्रसाईं र विवश पोखरेल, भाषाविद् चूडामणि रेग्मी, वेदकुमारी रेग्मी र कुन्ता शर्माको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा दार्जीलिङ, विराटनगर, इलाम , सिक्किम र झापाका साहित्यकारहरुको बाक्लै उपस्थिति रहेको थियो । कार्यक्रममा खरेल दम्पत्तीका आफन्तजनहरुबाट दुलहा–दुलहीको रुपमा आसिन खरेल दम्पत्तीलाई टीका,माला, खादा एवम् उपहार प्रदान गर्दै सुस्वास्थ, दीर्घजीवनको कामना गर्दै वधाई तथा शुभकामना अर्पण गरेका थिए ।
सोही अवसरमा खरेलका ३ वटा कृतिहरुको पनि लोकार्पण गरिएको थियो । साहित्यकार विजय खरेल र पार्वती खरेलको व्यक्तित्व तथा कृतित्वका वारेमा विभिन्न ३१ जना स्रष्टाहरुले लेखेको विजय र पार्वती स्वर्ण विवाह उत्सव विशेष ‘पुष्पाञ्जलि’, विजय खरेलद्वारा लिखित ‘रामसाइँलीहरु’ निबन्ध संग्रह र सुसेली साहित्यिक परिवार काँकरभिट्टाले प्रकाशन गरेको ‘सुसेली नियात्रा अङ्क’को प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरुले लोकार्पण गरेका थिए ।

लोकार्पित कृतिहरुमध्ये ‘पुष्पाञ्जलि’ का वारेमा कृष्ण सुवेदी निराकारले, सुसेलीका बारेमा पुण्य खरेल र रामसाइँलीहरुको बारेमा चूडामणि रेग्मीले चर्चा गरेका थिए ।

कार्यक्रममा प्राज्ञ विवश पोखरेल, राधिका भट्टराई, भवानी क्षेत्री, तीर्थ चापागाईं, विरही अधिकारी, इन्द्र कटुवाल, सुभद्रा भट्टराई, मीरा पोखरेल, मीना अधिकारी, कोमलप्रसाद पोखरेल, केन्द्र भट्टराई, जयप्रसाद आचार्य , खगिन्द्रा खुसी, आरती पोखरेल, मातृका संग्रौलालगायतले कविता तथा गजल वाचन गरेका थिए ।

देवीचरण भण्डारी ‘सरोज’, अर्जुन खरेल, साइकिरण लम्साल, पुजा आचार्य र मुना भेटवालले गीत गाएर दर्शक स्रोतालाई मनोरञ्जन दिलाएका थिए ।

यसैगरी रानी खड्काको नृत्यले पनि दर्शक, स्रोताको मन तानेको थियो । भानु साहित्य प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रश्रित, प्राज्ञ यज्ञराज प्रसाईं , चूडामणि रेग्मी, सचेन राई (दार्जीलिङ) र प्रेमप्रकाश फलाहारीले खरेल दम्पत्तीलाई वधाई दिदै शुभकामना मन्तव्य राखेका थिए ।

आयोजक परिवारका तर्फबाट विजय खरेलले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा पुष्पाञ्लिका प्रकाशक सिक्किम निवासी बालकृष्ण शर्मा र श्रीमती कल्पना शर्मालाई सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन आख्यानकार पुण्यप्रसाद खरेल र देवीचरण भण्डारीले एवम् स्वागत विजय खरेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: