बोक्सी बकाउने माता पक्राउ

  प्रकाशित मिति
३१ जेष्ठ २०७६, शुक्रबार २१:०८


मेचीनगर । आफुलाई तन्त्रमन्त्र जान्ने बुढीबज्यै (माता) दावी गर्ने सावित्रा शिवाकोटीलाई शुक्रवार प्रहरीले पक्राउ गरेको छ ।

मेचीनगर–९ स्थित एक घरमा मन्दिर बनाएर केही महिना अघिदेखि आश्रय लिदै आएकी ४० वर्षीया शिवाकोटीले झारफुकको नाममा गत जेठ ७ गते स्थानीय ८१ वर्षीया एक वृद्धालाई बोक्सीको आरोप लाग्ने गरी विरामी बकाएकी थिइन् ।

इलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको टोलीले शिवाकोटीलाई पक्राउ गरी हिरासतमा राखेको छ भने घटनाको अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताएका छन् ।

शिवाकोटीले निर्माण गरेको मातामन्दिरमा झारफुकका लागि स्थानीय कुमारी चम्लागाई आएकी थिइन् । शिवाकोटीले बोक्सी बक्न दवाव दिएपछि बक्ने क्रममा चम्लागाईले ती वृद्धाको नाम पटकपटक उच्चारण गरेको भिडियो सार्वजनिक भएको थियो ।

बोक्सी बकाउने शिवाकोटी र बक्ने चम्लागाईविरुद्ध पीडित वृद्धाले इलाका प्रहरी कार्यालय धुलावारीमा उजुरी दिएपछि दुवैलाई पक्राउ गर्न अदालतबाट पुर्जी जारी भएको थियो ।

प्रहरी प्रवक्ता श्रेष्ठका अनुसार हाल फरार रहेकी चम्लागाईको खोजी कार्य भइरहेको छ ।बोक्सी प्रथा अन्धविश्वास र चरम मानहानी भएको कारण कसैलाई पनि यस्तो आरोप लगाउनु दण्डनीय हुन्छ ।

बोक्सीको आरोप लगाउनेलाई मुलुकी अपराध संहिता २०७४ बमोजिम मुद्धा लाग्ने र त्यस्तो मुद्धामा दोषी ठहरिने व्यक्तिलाई ५ वर्षसम्म कैद र रु. ५० हजारसम्म जरिवाना हुने कानूनी व्यवस्था रहेको छ ।
…………

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: