‘बोनोदल’ले हल्लायो झारखण्ड

  प्रकाशित मिति
९ चैत्र २०७३, बुधबार १०:१४


bonodal 2 (1)झापा । नेपालको पहिलो सन्थाल सिनेमा ‘बोनोदल’ भारतको झारखण्डमा जारी सिने फेस्टिवलमा अवार्डका लागि मनोनयनमा परेको छ ।
अल इन्डिया सन्ताली फिल्म एसोसिएसन (आइसफा)ले आगामी चैत २३ देखि बैशाख २ गतेसम्म जमसेदपुरमा आयोजना हुने फेस्टिवलको ग्रान्ड फिनालेका लागि ‘बोनोदल’ छनोट भएको हो ।

सन्थाल सिनेमाहरुको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता मानिदै आएको आइसफा फेस्टिवलको यसपाली आठौँ संस्करण चल्दैछ ।
यसमा नेपालको बोनोदल मात्रैले सहभागिता जनाएको छ भने भारतका ५ सय ९ वटा सन्थाल सिनेमा यसमा प्रतिष्पर्धी छन् ।
चैत २ गते जमसेदपुरमा भएको छनौट उद्घाटनकै दिन नेपालबाट गएको बोनोदललाई सहभागिता गराइएको थियो । सोही दिन निर्णायकहरुले बोनोदललाई अवार्डका लागि छनौट गरेको सिनेमाका निर्देशक किरण खतिवडाले लोकतन्त्र पोस्टसँगको कुराकानीमा बताए ।

उत्कृष्ट छानिएका १५ सिनेमाले ग्रान्ड फिनालेमा प्रतिष्पर्धा गर्ने छन् । जसमा बोनोदल छनौट भइसकेको छ । निर्देशक खतिवडाले बोनोदलले उत्कृष्ट अवार्ड नै जित्ने अपेक्षा राखिएको बताएका छन् ।

छनौट चरणको उद्घाटन टाटा स्टीलका जनसम्पर्क अधिकारी अनिल उरावले गरेका थिए भने फेस्टिवलमा सहभागी बलिउडका निर्देशक विनोद कुमार, आइसफा अध्यक्ष रमेश हास्दा लगायतका विशिष्ट अतिथिहरुले नेपालमा बनेको सन्थाली सिनेमाको प्रशंसा गरेका थिए ।

नेपाली टोलीको प्रतिनिधित्व गरेका बोनोदलका निर्देशक खतिवडाले शनिवार झारखण्डका गभर्नर द्रौपदी मुर्मुसँग भेटको अवसरमा समेत पाएका छन् । ‘नेपाली टोली र बोनोदलले झारखण्डमा असाध्यै प्रशंसा पाइरहेकोमा खुशीको सीमा छैन’, विर्तामोड निवासी निर्देशक खतिवडाले लोकतन्त्रसँग भने–‘यताका मिडियाले पनि हेडलाइन बनाएका छन् ।’ झापाको विभिन्न भागमा छायाङ्कन गरिएको बोनोदलमा झापाली सन्थाल कलाकारको अभिनय रहेको छ । जसमा सांसद मोहन टुडु समेतले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: