बौद्ध टुसालमा लि निङको आउटलेट

  प्रकाशित मिति
२ आश्विन २०७९, आईतवार १६:०२


काठमाडौं, २ असोज ।  लि निङको तेस्रो आउट लेट बौद्धस्थित टुसालमा सन्चालनमा आएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला (ज्वाला) ले आइतबार उक्त आउटलेटको उद्घाटन गरेका हुन् ।

सो अवसरमा राखेपका बोर्ड सदस्य अन्जन धमला, सुनपति गाउँपालिका–३ का पूर्व वडा अध्यक्ष असलसिहं तामाङ, रामेछाप जिल्ला तेक्वान्दो संघका अध्यक्ष धनराज तामाङ, सचिव सपूत मोक्तानलगायत खेलकर्मी उपस्थित  थिए । 

राखेप उपाध्यक्ष  कोइरालाले खेलकुदका पोशाक र खेल सामग्री बिक्री गर्ने संख्या बढ्नुले खेलक्षेत्रप्रति मानिसहरूको चासोका साथै सहभागिता पनि बढेको बताए । साथै, उनले युवाहरू खेल पोशाक र खेल सामाग्रीको व्यवसायमा अग्रसर हुनुले खेलप्रति आम मानिसको लगाव बढ्ने आशा व्यक्त गरे ।

उक्त आउटलेट रामेछापका युवा प्रेमबहादुर मोक्तानको लगानीमा सन्चालनमा आएको हो । उनले देशको इज्जत र मान राख्ने खेलाडीका लागि समर्पित भएर व्यवसाय गर्न पाउँदा छुटै उत्साह र खुसी मिलेको बताए ।

सन्चालक प्रेमबहादुरले यो काठमाडौंको तेस्रो आउटलेट रहेको र यहाँ बाँस्केटबल, फुटबल, टेबल टेनिस, ब्याडमिन्टनका सामग्री र खेल पोशाक पाइने जानकारी दिए  । लि निङले गत महिना नेपाली बाँस्केटबल टोलीलाई प्रायोजन गरेको थियो ।
 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: