ब्याज मिनाह र किस्ताको समय थप्न यातायात व्यवसायीको माग

  प्रकाशित मिति
१५ असार २०७७, सोमबार १९:४२


मेचीनगर । मेचीनगरका यातायात व्यवसायीहरुले लकडाउन अवधिको व्याज मिनाह र किस्ताको समय थप गर्न नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) काँकरभिट्टालाई अनुरोध गरिएको छ ।

सोमबार एनएमसीको प्रधान कार्यालय काँकरभिट्टामा व्यवसायीहरुले यस्तो मागसहितको पत्र बुझाएका हुन् ।

लकडाउन अवधिलाई शुन्य समय मानी ब्याज मिनाह तथा किस्तालाई ६ महिना अवधिको समय थप गरिदिन पूर्व मेची बस व्यवासायी प्रालिले अनुरोध गरेको छ ।

कोरोना भाइरसबाट अति प्रभावित क्षेत्र सार्वजनिक यातायात, होटल, पर्यटन क्षेत्रका व्यवसायीले व्याज मिनाह तथा किस्ताको समय थप गर्न अनुरोधसहितको पत्र एनएमसीको कार्यालयमा बुझाइएको प्रालिका अध्यक्ष विष्णुकुमार श्रेष्ठले बताए ।

प्रालिको सभाहलमा भेला भएका एनएमसीका शेयर सदस्य समेत रहेका व्यवसायीहरुले विभिन्न क्षेत्रका लागि लिएको ऋणको व्याज मिनाह तथा किस्ताको समय थप्न जोडदार माग गरेका छन् ।

एनएमसी काँकरभिट्टा कार्यालय प्रमुख तेजकुमारी घिमिरेलाई अध्यक्ष श्रेष्ठको नेतृत्वमा गएको टोलीले अनुरोध पत्रसहितको माग पेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: