ब्राउनसुगर कारोबारी भारतीय नागरिकसहित ४ पक्राउ

  प्रकाशित मिति
२६ श्रावण २०७९, बिहीबार १३:५९


झापा, २६ साउन । झापाको विभिन्न स्थानबाट लागुऔषध ब्राउनसुगरका कारोवारीसहित ४ जनालाई पक्राउ गरिएको छ ।
बुधवार दिउसो २ बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका–३ झोलुङगे पुलबाट भारतबाट नेपालतर्फ आउदै गरेको भारत पश्चिम बंगाल दार्जिलिङ थाना खुरीबारी भेलकोजोत बस्ने ४२ बर्षीय निखिल विश्वासलाई ब्राउनसुगर ३ ग्राम ८०० मिलिग्राम सहित पक्राउ गरिएको हो ।

यसैगरी बुधवार बेलुका ७ बजे लागुऔषध नियन्त्रण व्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–२ चारपाने स्थितबाट सोही स्थान बस्ने ३६ बर्षीय बद्री राजबंशीलाई ब्राउन सुगर ३ ग्राम सहित पक्राउ गरेको छ ।

यसैगरी बुधवार राती ८ बजे झापाकै दमक नगरपालिका–९ ईटाभट्टाबाट इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले को २९ प २२३४ नम्बरको मोटरसाइकलमा सवार रहेका गौरादह नगरपालिका–१ बस्ने ३३ बर्षीय भिमबहादुर श्रेष्ठ र ३२ बर्षीय मोहन सिलवाललाई ब्राउन सुगर २५ ग्राम र नगद १० हजार सहित पक्राउ गरेको हो ।

यसरी लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका चारै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: