ब्राउनसुगर र ट्याब्लेटसहित ३ जना पक्राउ

  प्रकाशित मिति
९ पुष २०७७, बिहीबार १५:४२


झापा, ९ पुस । झापाको बिर्तामोड र भद्रपुर नगरपालिका क्षेत्रबाट नियन्त्रित लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित तीनजना पक्राउ परेका छन् ।

लागुऔषधको ओसार पसार भईरहेको भन्ने सूचनाका आधारमा बुधवार दिउँसो इलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–५ का २१ बर्षीय सञ्जय तामाङलाई २६ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

मे ८ प ३४२८ नम्बरको मोटरसाइकलमा सवार रहेका तामाङलाई चेकजाँच गर्ने क्रममा निजको साथबाट उक्त परिणामको लागुऔषध बरामद गरिएको थियो ।

यस्तै भद्रपुर नगरपालिका–३ स्थित झोलुङगे पुल छेउबाट लागुऔषध ट्याब्लेट सहित दुई जना पक्राउ परेका छन् ।

प्रहरी चौकी मेची पारीबाट खटिएको प्रहरी टोलीले बुधवार साँझ भद्रपुर नगरपालिका–२ का ३६ बर्षीय दिपक राई र ३५ बर्षीय शेरबहादुर बस्नेतलाई पक्राउ गरेको हो ।

मे २ प ४३१८ नम्बरमा सवार रहेका निजहरु दुवै जनालाई चेकजाँच गर्ने क्रममा निजहरुको साथबाट स्कुप सिरफ १० थान, नाईट्रोजन १० ट्याब्लेट, उइपासमोफोट ७२ पिस, लुपिजेसिक ८ एम्पुल, फेनारागन ८ एम्पुल, डाईजेपाम ८, एम्पुलर गाँजा २०० ग्राम बरामद भएको थियो ।

पक्राउ परेका तीनै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: