ब्राउन सुगरसहित दुईजना पक्राउ

  प्रकाशित मिति
१ माघ २०७७, बिहीबार १४:२५


झापा, १ माघ । बुद्धशान्ति गाउँपालिका–३ बाट नियन्त्रित लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले स्थानीय ४१ बर्षीय दिनेश कुमाललाई ४ ग्राम लागूऔषध ब्राउनसुगर र नगद ४ हजारसहित तथा ४३ बर्षीय शेषराज सापकोटालाई १० ग्राम ब्राउनसुगर, कोडिन ३ बोतल, नाईट्रोजन २० चक्की, डिजिटल तराजु १ थान र मोवाइल थान २ सहित शुक्रवार दिउँसो पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान् गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: