ब्राउन सुगरसहित २ पक्राउ

  प्रकाशित मिति
६ श्रावण २०७७, मंगलवार ११:५९


मेचीनगर । झापा गाउँपालिका–३ फुलगाँछीबाट ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् ।

सोमवार राती ९ बजे प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले ज ८ प ७७५ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार रहेका कन्काई नगरपालिका–४ का २७ बर्षीय दावा दोर्जे शेर्पा र ३० बर्षीय मोहन हेमरनलाई एक ग्राम २७० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

ब्राउन सुगरसहित पक्राउ परेका दुवै जनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: