मेचीनगर, ९ असोज । अर्जुनधारा–११ बसपार्क र बिर्तामोड स्थित भगवान चोकबाट लागुऔषध खैरो हिरोइन ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–३ का २४ बर्षीय बिशाल राजवंशी र सोही स्थानका १५ बर्षीय नरप्रसाद राजवंशी र बिर्तामोड–२ का २२ बर्षीय प्रदिप राजवंशी छन ।
बिशाल र नरप्रसाद ११ ग्राम ब्राउन सुगरसहित अर्जुनधाराबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यसैगरी प्रदिप १० ग्राम ब्राउन सुगरसहित बिर्तामोडको भगवान चोकबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।
सुराकिका आधारमा उनीहरुलाई विहीबार राती पौने ११ बजे पक्राउ गरिएको थियो ।
पक्राउ परेका तिनै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान तथा कानुनी कारबाही अघि बढाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।