ब्राउन सुगरसहित ६ जना पक्राउ

  प्रकाशित मिति
२४ पुष २०७७, शुक्रबार ११:४२


झापा, २४ पुस । झापाको मेचीनगर र शिवसताक्षी क्षेत्रबाट बिहीवार राती नियन्त्रीत लागुऔषध ब्राउन सुगरसहित ६ जना पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय धुलावारीबाट गस्तिमा खटिएको प्रहरी टोलीले राती साँढे ६ बजे मेचीनगर नगरपालिका–१४ बाट स्थानीय ३० बर्षीय धनवर राजवंशी, भद्रपुर नगरपालिका–११ का ३३ बर्षीय हरी राजवंशी र गौरादह नगरपालिका–९ का निराजन पौडेललाई ३ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

यसैगरी इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले बिहीवार राती साँढे ७ बजे शिवसताक्षी नगरपालिका–१० बाट स्थानीय २३ बर्षीय गोपी शर्मा, बनियानी गाँपालिका–६ का २६ बर्षीय मदन मैनाली र फत्तेपुर गाउँपालिका–१ सप्तरीका १७ बर्षीय अम्बर बराललाई ९ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको थियो ।

लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: