व्यासाचार्य निरौलाको स्वास्थ्यमा सुधार हुँदै

  प्रकाशित मिति
३० चैत्र २०७२, मंगलवार ०२:२०


puspalal niraulaविर्तामोड, ३० चैत । अर्जुनधारा जलेश्वरधामका व्यासाचार्य पुष्पलाल निरौलाको ब्रेन ट्युमरको जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको छ ।

केही दिन अघि अचानक टाउको दुखेपछि विर्तामोडको वीएन्डसी हस्पिटलमा जँचाउन गएका उनलाई चिकित्सकहरूले एमआरआइ जाँचपछि ब्रेन ट्युमरले सताएको पत्तो लगाएका थिए ।

परिवारका सदस्यहरू र धामका पदाधिकारीहरूको समेत सल्लाहमा वीएन्डसी हस्पिटलमा उपचारका लागि भर्ना भएका धार्मिक गुरु निरौलाको सोमवार विहान टाउकोमा रहेको ट्यूमरको जटिल शल्यक्रिया गरिएको हस्पिटलले जनाएको छ ।

हस्पिटलका वरिष्ठ न्यूरो सर्जन डा. चन्द्रप्रकाश लिम्बूको नेतृत्वमा न्यूरो सर्जन डा. रविन भट्टराई र एनेस्थेसिस्ट डा. राजेश श्रेष्ठ रहेको टोलीले उनको ८ घण्टा लामो शल्यक्रिया गरेको हस्पिटलले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

शल्यक्रियाबाट ७ सेन्टिमिटरको ट्यूमर निकालिएको हस्पिटलका प्रमुख डा. उमेश शर्माले पत्रकार सम्मेलनमा जानकारी दिए ।
हाल आइसीयुमा चिकित्सकको सघन निगरानीमा रहेका धर्मगुरु निरौलाको होश फर्किसकेको र उनको स्वास्थ्यमा सुधार आउन थालिसकेको डाक्टरहरूले बताएका छन् ।

धर्मगुरु निरौलाका निकट शिष्य अग्नी सिग्देल र समाजसेवी दिपक तामाङले आइसीयु कक्षमै गएर आफुहरूले भेटेको र धर्मगुरु निरौलाले सङ्केत गरेर आफुहरूलाई चिनेको बताएका छन् ।

हस्पिटलमा भित्र्याइएको अत्याधुनिक ‘कार्ल जाइस’को पेन्टारो–९०० मोडलको सर्जिकल माइक्रोस्कोपको प्रयोगबाट यो उपचार सम्भव भएको हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले जानकारी दिएका छन् ।

पूर्वमा यस किसिमको रोगको उपचार विराटनगरमा उपलब्ध भए पनि यहाँ भएको यो उपकरण नेपालकै सबैभन्दा अत्याधुनिक रहेको र यसको सहायताले शरीरको जुन सुकै अङ्गमा भएको ट्यूमरको पनि उपचार गर्न सकिने हस्पिटलका मेडिकल डाइरेक्टर उमेशकुमार शर्माले जनाए ।

‘हाइ क्वालिटी’ को सर्जिकल माइक्रोस्कोपको सहायताले अब यस किसिमको रोगको उपचारका लागि अन्यत्र धाउनु पर्ने बाध्यता टरेको हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरी बताउँछन् ।

हस्पिटलले एमआरआइसहित थुप्रै अत्याधुनिक एवम् शक्तिशाली मेशिन भित्र्याएपछि जटिल ठानिएका अनेकौँ रोगको उपचारका लागि मेची अञ्चलवासीले अब भारत, काठमाडौँ, विराटनगर र धरान धाउने बाध्यता हटेको छ ।

…………………….

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: