ब्रेन ट्युमर बल्झिएका खड्कालाई उपचारमा आर्थिक अभाव

  प्रकाशित मिति
११ असार २०७७, बिहीबार १७:२०


मेचीनगर, ११ असार । मेचीनगर नगरपालिका वडा नं. ९ लिलावस्ती निवासी २८ वर्षीय सागर खड्कालाई ४ वर्ष अघि शल्यक्रिया गरिएको ब्रेन ट्युमरको समस्या बल्झिएपछि उपचारमा आर्थिक अभाव भएको छ ।

बीएस्सी अध्ययन गरेका अविवाहित खड्काको घरमा आमा पूर्णिका खड्का मात्र रहेकी छन् । उनको आर्थिक अवस्था दयनीय छ ।

२०७३ साल भदौं २ गते विर्तामोडको बीएन्डसी हस्पिटलमा न्यूरोसर्जन डा. सीपी लिम्बुले उनको टाउकाको शल्यक्रिया गरी ब्रेनको ट्युमर फालेका थिए । तर चार वर्षपछि सोही ठाउँमा ट्युमर बल्झिएको छ ।

एउटा प्रतिभाशाली युवा गरीव भएकै कारण उपचारबाट बञ्चित हुन नपरोस् भनेर मेचीनगर–९ का स्थानीयवासीले उनको उपचारका लागि सहयोग जुटाउन ९ सदस्यीय सागर खड्का उपचार सहयोग समिति गठन गरेका छन् ।

समितिको संयोजकमा गोपाल बस्नेत र सचिवमा कविन्द्र श्रेष्ठ  रहेका छन् भने सदस्यमा ऋषिराज तिम्सिना, माधव फुँयाल, विपुल श्रेष्ठ, हरि कोइराला, रेणुका डाँगी उप्रेती, अस्मिता खरेल र नृपेन्द्र श्रेष्ठ रहेका छन् ।

समितिले विहीवार मेची उद्योग वाणिज्य संघको सभाहलमा पत्रकार सम्मेलन गरी छिटोभन्दा छिटो स्वेच्छिक सहयोग जुटाएर खड्काको उपचारमा मदत पुर्याउने लक्ष्य लिएको जनाएको छ । समितिले उपचारमा जुटेको रकम र खर्चको विवरण पारदर्शी रुपमा सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

उनको पहिलोपटक शल्यक्रिया गर्ने डा. लिम्बुु हाल विर्तामोडको बिर्तासिटी हस्पिटलमा रहेको हुँदा खड्काको दोस्रोपटकको शल्यक्रिया डा. लिम्बुबाट विर्तासिटी हस्पिटलमै गरिने समितिले जनाएको छ ।

चिकित्सकहरुले बल्झिएको ट्युमरको दोस्रोपटक शल्यक्रिया गर्नुपर्ने बताएको सागर खड्काले बताएका छन् ।
उनकी आमा पूर्णिका खड्काले हालसम्मको उपचारमा १० लाख रुपैयाभन्दा बढी खर्च भइसकेको हुँदा अब उपचारका लागि आर्थिक सहयोग गरिदिनुहुन सार्वजनिक अपिल गरेकी छन् ।

सागर खड्काको नाममा नेपाल बैङ्क लिमिटेड धुलावारीमा रहेको खाता नं. ०५५०१७०६५७२५२९०००००१ मा सहयोग रकम जम्मा गरिदिनु सम्पूर्ण दानवीर महानुभाव तथा संघ संस्थाहरुमा समितिका तर्फबाट हार्दिक अपिल गरिएको छ ।

उपचारमा चारदेखि पाँच लाख रुपैयाँसम्म खर्च लाग्ने अनुमान गरिएको समितिका संयोजक बस्नेतले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: