क्यान्सर पीडितलाई सहयोग जुट्दै

  प्रकाशित मिति
२९ बैशाख २०७३, बुधबार ११:३०


खुदुनाबारी । खुदुनाबारी–७निवासी ब्लड क्यान्सर पीडित नरेन्द्र चेम्जोङको उपचार कोष समितिमा सहयोग गर्ने दाताहरु बढेसँगै स्वाथ्यमा सुधारका संकेत देखा परेको छ ।

कतार, बराइन, दक्षिणी कोरिया, इजरायल,अमेरिका लगायतका मुलुकबाट सहयोग प्राप्त भएसँगै चेम्जोङको स्वाथ्यमा निरन्तर सुधारका संकेत देखा पदै आएको डाक्टरबाट जानकारी प्राप्त गरेको उपचार समितिका संयोजक एवम् खुदुनाबारी गाविसका पूर्व उपाध्यक्ष नरेन्द्र कन्दङवाले बताए । आइतबार पनि खुदुनाबारी गाउँ विकास समितिको सभाहलमा आयोजित कार्यक्रममा १ लाख २० हजार ५ सय ६५ रुपैया सहयोग रकम चेम्जोङ उपचार कोषमा जम्मा भएको संयोजक कन्दङवाले बताए ।

जसमा कतारमा कार्यरत खुदुनाबारी–९ निवासी गणेश दुलालले पठाएको रकम ५१ हजार ३ सय ९७ रुपैया वहाँकादाजु होम दुलालले चेम्जोङ उपचार कोषलाई हस्तान्तरण गरेका थिए भने सोमराज कन्दङवाले दोस्रो पटक ६ हजार १ सय ८५ रुपैया सहयोग गरेको उपचार समितिले बताएको छ ।

कार्यव्रmममा खुदुनाबारी शरणार्थी क्याम्पबाट तेस्रो मुलुक पुनर्वास भएर अमेरिका पुगेकी तुला राइले समेत ६२ हजार ९ सय ८३ रुपैयाँ सहयोग गरेको चेम्जोङका भाइ घनश्याम चेम्जोङले बताए । कार्यक्रममा चेम्जोङको एकसेल बैकमा रहेको खातानम्बरमा ००७१०७०००५७१८१०००००१, आइतबार सम्ममा ५ लाख ४३ हजार ६ सय ४७ रुपैया संकलन भैइसकेको संयोजक कन्दङवाले बताए ।

कार्यक्रममा अभियान नेपालकाव्यवस्थापक हरि बाग्ले, नेकपा एमाले खुदुनाबारीका अध्यक्ष बमबहादुर कार्की, समाजसेवी नरेन्द्र इङनाम, ओमनाथ सिटौला, सुखानी सामुदायिक वनकाअध्यक्ष दिलमाया दास, पत्रकार दिपिन राईलगायतको आतिथ्यता रहेको थियो भने कार्यक्रम संञ्चालन खगेन्द्र लिङदेनले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: