भक्काको प्रवद्र्धन गर्न दिवस मनाइयो

  प्रकाशित मिति
२९ पुष २०७७, बुधबार १८:२८


विर्तामोड, २९ पुस । कोचिला ग्राभुर फ्रन्ट सामाजिक संस्थाले आज विर्तामोडमा चौथो भक्का दिवस मनाएको छ ।

संस्थाले २०७४ सालदेखि प्रत्येक वर्ष पुस २९ गतेलाई ‘राष्ट्रिय भाक्का दिवस’ घोषणा गरी कोच लोक साँस्कृतिक कार्यक्रमसहित दिवस मनाउँदै आएको हो ।

राजवंशी समुदायमा चामलको पिठोद्वारा भक्का बनाएर खाने चलन पछिल्लो समय सबै जातजातिका लागि लोकप्रिय बन्दै गएकाले यसको प्रवद्र्धनका लागि भक्का दिवस मनाउन थालिएको हो ।

दिवसमा विभिन्न जातीय भेषभूषा, लोक साँस्कृतिक बाजाहरु र पहिरनको प्रर्दशनी समेत गरिएको कोचिला गाभुर फ्रन्टका केन्द्रीय अध्यक्ष अभय राजवंशीले बताए । चलनचलतीको भाषामा भक्का भनिए पनि राजवंशी समुदायमा यसलाई भाक्का भन्ने गर्दछन् ।

जिल्लाका सबै नगरपालिकाका प्रमुख उपप्रमुख र विभिन्न संघसंस्थाका प्रतिनिधिसहित पाँच सय बढीले भक्का दिवसमा सहभागी भएर भक्का स्वाद चाखेको उनले बताए । विशेष गरेर झापा, मोरङ सुनसरीमा भक्कालाई विहान चियासँग खाजाको रुपमा प्रयोग गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: