मेचीनगर, २६ भदौ । भक्तपुरमा एक घरभित्र तीन जनाको शव फेला परेको छ ।
मध्यपुर थिमि नगरपालिकास्थित निकोसेरा भन्ने ठाउँमा घरभित्र एकै परिवारका तीन जनाको शव फेला परेको हो ।
‘हामी घटनास्थल पुगेर बुझ्दै छौं । आमा, छोरो र बुवाको शव भेटिएको छ ।’ महानगरीय प्रहरी परिसर भक्तपुरकी एसपी तारादेवी थापाले भनिन् ।
घरमा ३६ वर्षीय सुदिप अधिकारी, उनकी ३४ वर्षीया पत्नी सम्झना अधिकारी र १५ वर्षीय छोरा मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै घरमा पालेको कुकुर समेत मृत अवस्थामा फेला परेको छ । तेस्रो र दोस्रो तलामा शव फेला परेको हो ।
फेला परेका शव मध्ये दुईवटा शवमा किरा परेर गन्हाउन थालेको महानगरीय अपराध महाशाखाका एसएसपी दिपक थापाले जानकारी दिए ।’ बुवाको शव चाही केही फ्रेस जस्तो छ । अरु दुईवटा भने गन्हाउन थालेको छ ।’ एसएसपी थापाले भने। घटना शंकास्पद भएको समेत एसएसपी थापाले बताए ।
घटनाको अनुसन्धान गर्न महानगरीय अपराध महाशाखा, केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) टोली समेत परिचालन गरिएको छ ।
(पहिलो पोष्ट)