मेचीनगर । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनसँग आवद्ध साना तथा मझौला सवारी साधन व्यवसायीहरूको राष्ट्रिय नीति सम्मेलनले केन्द्रीय समन्वय समिति गठन गरेको छ ।
चितवनको गैडाकोटमा हालै सम्पन्न सम्मेलनले गैँडाकोट घोषणा पत्र जारी गर्दै समिति गठन गरेको हो । देशभरका व्यवसायीहरूको प्रतिनिधिमूलक सहभागिता रहेको सम्मेलनले सङ्गठनका मेचीनगर अध्यक्ष खडानन्द भण्डारी र शिव अधिकारीलाई केन्द्रीय सदस्य चयन गरेको छ । अधिकारी सङ्गठनको मेची अञ्चल समितिका पूर्व सदस्य हुन् ।
सम्मेलनमा मेची अञ्चलबाट खडानन्द भण्डारीको नेतृत्वमा शिव अधिकारी र सन्तोषकुमार राई सहभागी भएका थिए ।
केन्द्रीय उपाध्यक्ष ठाकुरप्रसाद श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय समिति गठन भएको हो ।