भत्किएको कल्भर्ट बनाउन सुरु

  प्रकाशित मिति
२१ पुष २०७३, बिहीबार ११:३५


विcalvat-btmर्तामोड । पूर्व पश्चिम राजमार्गको विर्तामोड खण्डमा जीर्ण भएर भत्किएको धरधरे कल्भर्टको बल्ल निर्माण कार्य सुरु भएको छ ।

गत असोजमा भत्किएको राजमार्गमा टालटुल गरेर हालसम्म यातायात सञ्चालन गरिदै आएको थियो । राजमार्ग नै भत्किदा समेत लामो समयसम्म पुनःनिर्माण नगरिदा सरकारप्रति आक्रोश प्रकट हुँदै आएको थियो ।

पूर्वाञ्चल सडक डिभिजन कार्यालय दमकले गरामनीको एभरग्रिन कन्स्ट्रक्सनलाई कल्भर्ट निर्माणको ठेक्का दिएको छ ।
एभरग्रिनका प्रोपाइटर भरत भट्टराईले २०७४ असार मसान्तसम्ममा कल्भर्ट निर्माण गरिसक्नु पर्ने ठेक्का भए पनि राजमार्गको आवश्यकतालाई दृष्टिगत गर्र्दै २०७३ चैत मसान्तभित्र यातायात सुचारु गराउने लक्ष्यका साथ निर्माण कार्य अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

एभरग्रिनले सो पक्की कल्भर्ट निर्माणका लागि ६४ लाख रुपैयाँमा ठेक्का लिएको हो । कल्भर्ट ६ मिटर लामो र १० मिटर चौडा हुने निर्माण व्यवसायी भट्टराईले बताए ।

सो कल्भर्टको नाम ‘धरधरे कल्भर्ट’ हो । हाल एभरग्रिनले एक साताभित्र कल्भर्टको मुख्य भाग निर्माण थाल्ने गरी डाइभर्सनको काम धमाधम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: