भत्किनै थाल्यो राजमार्गको हडिया पुल

  प्रकाशित मिति
२४ जेष्ठ २०७७, शनिबार १३:३९


मेचीनगर, २४ जेठ । पचास वर्ष अघि बनेका राजमार्गका पुलहरु ठाउँठाउँमा भत्किन थालेका छन् ।

विर्तामोड नयाँ बसपार्कको कल्भर्ट, मेचीनगरको ढुकुरे पुल र लखनपुरको गेउरिया पुलपछि भत्किने पालो आएको छ मेचीनगरको हडिया पुलको ।

मेची महाकाली जोड्ने ‘मुलुककै रक्तधमनी’ झैं महत्वको एक मात्र राजमार्गका जीर्ण पुललाई दर्बिलो मर्मत गर्ने वा नयाँ बनाउनेतर्फ सरकारको ध्यान जान सकेको छैन ।

चारआलीबाट दुई किलोमिटर पूर्व मेचीनगर–१० गोलबारीस्थित पूर्व पश्चिम राजमार्गमा रहेको हडिया पुलको पूर्वदक्षिण भाग भत्किएको छ ।

पुलको छेउमा दुई मिटर जति चिरा परेर एउटा रेलिङ भाँचिइसकेको र राजमार्गतिर धाँजा फाटेको अवस्था छ ।
बेलैमा मर्मत सम्भार नगरिए यही बर्खामा राजमार्गको आवागमनमा अवरोध पुग्न सक्ने खतरा देखिन्छ ।

पुल भत्किन थालेको जानकारी सडक विभागलाई सात महिना अघि नै गराइए पनि सरकारी पक्षले ध्यान नदिएको स्थानीयवासी टिकेन्द्र खनाल बताउँछन् ।

हडिया पुलको लम्बाई ५७ दशमलब ५० मिटर छ । भत्किएको स्थानमा सवारीका साधन र बटुवाका लागि कुनै सङ्केत राखिएको छैन ।

मेचीनगर १० कै लालपानीको ढुकुरे पुल, विर्तामोडस्थित नयाँ बसपार्कको कल्भर्ट र लखनपुरको गेउरिया पुल पाँच वर्ष अघि भत्किदा लामो समय राजमार्गको आवागमन अवरुद्ध भएको थियो ।

राजमार्गका पुल र कल्भर्टहरु ५० वर्ष अघि बनाइउका हुन् । धेरै स्थानमा जीर्ण भइसकेका यी संरचनाहरु आउटडेटेड भइसकेको जानकारहरु बताउँछन् ।

यसबारेमा ध्यानाकर्षण गराउँदा सडक डिभिजन कार्यालय दमकका इन्जिनियर चण्डेश्वर साहले यही असार मसान्तभित्र हडिया पुलको मर्मत सम्भार गरिसक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: