भत्ता बाँडेपछि सहाराको प्रशंसा- ‘जस्तो नाम उस्तै काम’

  प्रकाशित मिति
२८ आश्विन २०७७, बुधबार ११:३४


मेचीनगर, २८ असोज । सरकारले जस्तै एकल महिला र तथा ज्येष्ठ नागरिकलाई भत्ता बाँड्न थालेपछि सहारा बचत तथा ऋण सहकारी संस्था जनस्तरमा लोकप्रिय बन्न थालेको छ ।

मेचीनगरको धुलावारी सेवा केन्द्रमा बुधवार भत्ता लिन आएका र सामाजिक अगुवाहरुले सहारा सहकारीलाई नाम जस्तै काम गरेको भनी प्रशंसा गरे ।

सहाराले धुलावारी सेवा केन्द्रमार्फत ७ लाख ९८ हजार रुपैयाँ भत्ता वितरण गरेको केन्द्रका प्रमुख अरुण कुमार श्रेष्ठले बताए ।

भत्ता वितरण कार्यक्रमका प्रमुख अतिथि मेचीनगर ९ का वडाध्यक्ष गोपाल खड्काले सहाराले नाम जस्तै काम गरेर देखाएको बताए ।

धेरै रकम बचत गर्ने ठूला बैंकहरुले पनि सहाराले जस्तो एकल महिला तथा ज्येष्ठ नागरिकहरुलाई भत्ता दिन नसकेको वडाध्यक्ष खड्काले सुनाए ।

झापा जिल्ला सहकारी संघका पूर्व अध्यक्ष एवम् सहारा साकोसका परामर्श उपसमितिका संयोजक हरिचरण बानियाँले चाडपर्वका बेला वृद्ध भएका बुवाआमाहरु र एकल महिलाले भत्ता पाउँदा परिवारमा खुशी छाउने गरेको बताए ।

एकल महिलाको भत्ता प्राप्त गरेकी झुमादेवी बानियाँले खोजी खोजी घरमै आएर भत्ता प्रदान गर्ने सहारा सहकारीलाई दिदीबहिनीहरुले पनि माया गरेर बचत तथा कर्जाको कारोवार गर्नुपर्ने बताइन् ।

सेवा केन्द्रका संयोजक भगिरथ शर्मा सुबेदीको अध्यक्षतामा भएको कार्यक्रममा सहाराका अनुगमन अधिकृत घनश्याम रायाले कोभिड १९ को महामारी बढेको कारण यसवर्ष संस्थाले सदस्यको घरदैलोमै पुगेर भत्ता वितरण गरेको बताए ।

सहारा साकोस धुलावारीको आफ्नै सभाहलमा सामाजिक दूरी कायम हुने गरी कुर्सी राखेर मास्क लगाउने, ज्वरो नाप्ने र स्यानिटाइज गर्ने प्रक्रिया पूरा गरी भत्ता वितरण कार्यक्रम गरिएको थियो ।

भत्ता लिन आएकाहरुलाई फुलको गुच्छा र रुद्राक्षको माला दिइएको थियो । सेवा केन्द्रका सहयोग समितिका संयोजक पर्शुराम तिम्सिनाले स्वागत र सदस्य लोहितप्रसाद चापागाईले उद्घोषण गरेको सो कार्यक्रममा सेवा केन्द्रका सदस्यहरु चुडामणि रेग्मी, मीरा पोखरेल, भुवनसिंह बराइलीलगायतको उपस्थिति थियो ।

सहाराले यो वर्ष ५३ लाख ६ हजार रुपैयाँ यस्तै सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।

यो पनि पढ्नुहोस्-> सरकारले जस्तै भत्ता बाँड्दै सहारा, यसवर्ष ५४ लाख

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: