भद्रपुरका दुई विद्यालय बालमैत्री

  प्रकाशित मिति
१३ फाल्गुन २०७६, मंगलवार १२:३३


भद्रपुर । झापाको बालमैत्री नगर बन्न उन्मूख भद्रपुर नगरपालिका भित्र सञ्चालित दुई विद्यालय बालमैत्री विद्यालय घोषणा भएका छन् ।

अध्ययन अध्यापनमा उल्लेख्य प्रगति गर्दै आएको सरकारी विद्यालय भद्रपुर–७ स्थित वीरेन्द्र मावि र वडा नं ७ कै निजीस्तरको मन्टेश्वरी अक्षराम्भ विद्यालय सोमबार बालमैत्री विद्यालय घोषणा भएका हुन् ।

नगरपालिकाले अङ्गीकार गरेको बालमैत्री सम्बन्धी सूचकहरु पूरा गरेका ती विद्यालयलाई छुट्टाछुट्टै समारोहकाबीच भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले बालमैत्री विद्यालय घोषणा गरे ।

विद्यालयमा सञ्चालित बालमैत्री सूचक सम्बन्धी क्रियाकलापहरुको अनुगमनपछि ती विद्यालयलाई बालमैत्री विद्यालयका रुपमा घोषणा गर्न नगरपालिकाले अनुमति दिएपछि विद्यालयहरुले आयोजना गरेको समारोहकाबीच ती विद्यालयलाई बालमैत्री घोषणा गरिएको हो ।

ती विद्यालयले बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताका अलग–अलग सूचकहरु पूरा गरेकोले बालमैत्री विद्यालय घोषणा गरिएको नगर प्रमुख जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

बालबालिका सबैका प्यारा, बालमैत्री नगर हाम्रो अभिभारा भन्ने उद्घोषका साथ नगरपालिकाले दुई वर्ष अघिदेखि नै बालमैत्री अभियानलाई अघि बढाएको थियो ।

सो ससन्दर्भमा नगरपालिकाले नगरका योजना तर्जुमा तहदेखि बालबालिकाका योजना बालबालिकालाई नै छनोट गर्न दिने तहसम्मका क्रियाकलापमा बालबालिकालाई अनिवार्य सहभागी गराउँदै आएको ।

शिक्षा, स्वास्थ्य, सरसफाइलगायतका विषयमा बालबालिकाप्रति ध्यान पुर्याउनुपर्ने विषयमा नगरपालिकाले सचेतनापूर्वक काम गर्दै आएको उपप्रमुख चन्द्रमाया श्रेष्ठले बताइन् ।

यही चैतभित्र नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्ने गरी अभियानलाई तीव्रता दिइएको र वडा नं ७ घोषणाको चरणमा रहेको वडाध्यक्ष विनोदप्रसाद पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: