भद्रपुरको उपसभापतिमा अधिकारीको दावी

  प्रकाशित मिति
२७ भाद्र २०७८, आईतवार ०९:५६


भद्रपुर, २७ भदौ । महिला अधिकारकर्मी रेखा अधिकारीले नेपाली काँग्रेस भद्रपुर नगर समितिको आसन्न निर्वाचनमा उपसभापति पदमा उम्मेदवारी घोषणा गरेकी छन् ।

मानव अधिकारका लागि महिला एकल महिला झापाकी संस्थापक अध्यक्ष तथा केन्द्रीय सचिव समेत रहेकी अधिकारीले नेपाली काँग्रेसलाई भद्रपुरमा चलायमान बनाउन आफ्नो उम्मेदवारी भएको बताएकी छन् ।

दुई दशकयता झापाका विभिन्न सामाजिक संघ संस्थाको नेतृत्व गरिरहेकी अधिकारीले एकल महिला छहारी मार्फत महिला सवलीकरण अभियान समेत चलाएकी छन् ।

यसैबीच, भद्रपुर नगर कार्य समितिको सभापति पदमा ज्ञानु चौहानले उम्मेद्वारी दिएका छन् भने अरु उम्मेद्वारहरु समेत धमाधम दावीसहित प्रस्तुत हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: