झापा, ४ जेठ । भद्रपुर नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका गणेश पोखरेल र उपमेयर पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी राधा कार्की बिजयी भएकी छन् ।
बिजयी पोखरेलले १२,५२५ मत र कार्कीले ९,२३० मत प्राप्त गरेकी छन् ।
मेयर पदमा निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका असारु राजबंशीले ९,७९१ मत र उपमेयरको निकटतम् प्रतिष्पर्धी नेकपा माओबादी केन्द्रका शिवराज राजभण्डारीले ८,५३३ मत पाएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी राधा कार्की ।
यस अघि दुबै पदमा नेकपा एमालेले जितेको थियो । एमालेको किल्ला मानिएको यस नगरमा कांग्रेसले प्रमुख पद जितेको छ ।