भद्रपुरमा खेलकुद प्रतियोगिताको तयारी पुरा

  प्रकाशित मिति
२३ पुष २०७८, शुक्रबार २०:१२


भद्रपुर, २३ पुस । भद्रपुर नगरपालिका भित्र प्रथम उपमेयरकप वडा स्तरीय महिला भलिबल, मेयरकप, सडक दौड लगायतका विभिन्न खेलकुद प्रतियोगिताहरु सञ्चालनको अन्तिम तयारी पुरा भएको छ ।
शुक्रबार नगरपालिकामा आयोजित पत्रकार सम्मेलन मार्फत प्रतियोगिताकाको तयारी पुरा भएको नगर खेलकुद विकास अधिकृत प्रेम भुजेलले जानकारी गराए ।

उनले यहि पुस २५ गतेदेखि सुरु हुने प्रथम उपमेयरकप वडा स्तरीय भलिबल, प्रथम मेयर कप, दौड प्रतियोगिता, दोस्रो मेयरकप कबड्डी प्रतियोगिता लगायतका सबै विधाका प्रतियोगिताको सबै तयारीको कामहरु पुरा गरिएको बताए ।

नगरपालिका भित्रका १० वटै वडाबाट खेलाडीहरुको सहभागिता रहने खेलमा पुरुष र महिला खेलाडीहरुको छुट्टा छुट्टै दौड प्रतियोगिता हुने छ । प्रतियागितामा पुरुष खेलाडीको हकमा भने बिहान ८ बजेदेखि भद्रपुर–१ को हिमाली चौक हुँदै नगरपालिका भवन सम्मको १० किलो मिटरको क्षेत्र निर्धारण गरिएको छ ।

यसैगरी महिला खेलाडीहरुको लागि भने देउँनिया खोलादेखि नगरपालिका भवन सम्मको ५ किलोमटिरको क्षेत्रलार्इृ निर्धारण गरिएको छ ।
यसअघि विभिन्न खेलकुदका गतिविधि गर्दै आएको नगरपालिकाले मेची रंगशालामा वडा स्तरीय महिला भलिबल र कबड्डी प्रतियोगिता समेत सञ्चालन गरिने जनाएको छ ।

खेलकुदका विभिन्न विधामा प्रथम, द्धितिय, तृतीय र सान्त्वना स्थानमा विजयी हुने प्रतियोगीहरुलाई नगद पुरस्कारको समेत व्यवस्था गरिएको छ । नगर प्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रमाया श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मी लगायत खेलकुदका प्रशिक्षकहरुको उपस्थिती रहेको थियो ।

खेलकुद समिति संयोजक श्यामकुमार राउतको अध्यक्षतामा सम्पन्न सम्मेलनमा प्रशिक्षकहरु रतीया राजबंशी, बुद्धिमान् श्रेष्ठ, खोमाकुमारी दाहाल लगायतले खेलका सिद्धान्त र नियमहरुका बारेमा प्रकाश पारेका थिए ।

सो अबसरमा सिटीजन लाईफ इन्सुरेन्सका प्रबन्धक विपीन राईले १५० वटा जर्सी समेत उपलब्ध गराएका थिए । प्रतियोगिता सञ्चालन गर्न साडे ५ लाख भन्दा बढीे रकम विनियोजीत गरिएको नगर खेलकुद विकास समितिले जनाएको छ ।

।। रेवतीराज घिमिरे ।।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: